<p><b>जेठ २९, गोरखा</b> | धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ । घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।<br></p><p>रुखबाट खसेर गम्भीर घाइते भएका घलेको गोरखा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको उहाँले बताउनुभयो । घटनालगत्तै उद्धार गरी स्थानीय गाउँघर क्लिनिकमा उपचारपछि घाइते बालकलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।</p><p>बालकको रुखबाट खसेर करिब १५ फिटमुनि भिरमा पुगेको अवस्थामा उद्धार गरिएको स्थानीयवासीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । रासस </p>
रुखबाट खसेर १० वर्षीय बालकको मृत्यु
Leave a Comment

