३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौँ उपत्यकामा सोमबार थप ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३९६, ललितपुरका १४५ तथा भक्तपुरका ६६ जनामा संक्रमण पुष्टि भएको हो ।