२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप दुई हजार ७६८ मा कोरोना सङ्क्रमण पुष्टि, उपत्यकामा ५०८ सङ्क्रमित

२०७८, ४ असार शुक्रबार १३:१९

असार ४, काठमाडौँ | नेपालमा थप दुई हजार ७६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख १७ हजार ९४७ पुगेको छ । 

थप सात हजार ५६९ को पिसिआर परीक्षण तथा चार हजार ४६८ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ९६३ तथा एन्टिजेनबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   

हालसम्म पाँच लाख ४९ हजार ६८२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर चार हजार २० सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ५९ हजार ६२४ सक्रिय सङ्क्रमित रहेका छन् । 

काठमाडौँ उपत्यकामा ५०८ सङ्क्रमित थपिए 

काठमाडौँ उपत्यकामा पछिल्लो समय ५०८ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९४, ललितपुरमा ६० तथा भक्तपुरमा ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

कोरोनाबाट थप ४४ सङ्क्रमितको मृत्यु    

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ४४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ६४१ पुगेको मन्त्रालयले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?