साउन २९, काठमाडौँ । करिब १५० वर्षअघिसम्मका कलाकारका कलाकृति उचित संरक्षण नहुँदा लोप हुने अवस्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, काठमाडौँ । करिब १५० वर्षअघिसम्मका कलाकारका कलाकृति उचित संरक्षण नहुँदा लोप हुने अवस्था"/>
2026-07-04 08:42 AM
काठमाडौँ - KTM

मेटिँदै कला इतिहास

साउन २९, काठमाडौँ । करिब १५० वर्षअघिसम्मका कलाकारका कलाकृति उचित संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेका छन् । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण नक्सालस्थित बालमन्दिरसँगै रहेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको भवन बस्न नमिल्ने गरी भत्किएपछि त्यहाँ रहेका अमूल्य कलाकृति पनि बिग्रने अवस्थामा पुगेका छन् । 

करोडौँ मूल्य बराबरको इतिहास बोकेका २२० वटा कलाकृतिलाई अहिले हावा पनि छिर्न मुस्किल पर्ने अँध्यारो कोठामा राखिएको छ । अमूल्य चित्रकलालाई वातावरण अनुकूल हावा छिर्ने, उज्यालो कोठामा तापक्रम मिलाएर राख्नुपर्ने भए पनि सो अनुसार प्रतिष्ठानले गर्न सकेको देखिँदैन । वातावरण अनुकूल कलाकृतिलाई राख्न नसकेको अवस्था त्यो समयभन्दा अघि नै नष्ट हुन्छ । 

भूकम्पलगत्तै छरपस्ट रुपमा राखिएका केही कलाकृतिमा वर्षात्को पानीले भिजाउनुका साथै रङ्ग उडिसकेको अवस्थामा थियो । अहिले ती कलाकृतिलाई प्लास्टिकले बेरेर राखिएको छ । 

कलाकार बालकृष्ण सम, सिद्धिमुनि शाक्य, चन्द्रमानसिंह मास्के, शशीविक्रम शाह, लैनसिंह वाङ्देल, बस्तगोपाल वैद्य, अमर चित्रकार, अस्मिता रञ्जितलगायतका परम्परागत, आधुनिक, लोककलामा आधारित चित्रकला देख्न सकिन्छ । 

प्रतिष्ठानमा निर्माण गरिएको राष्ट्रिय कला सङ्ग्रहालयमा सयौँ वर्ष पुराना चित्रकला राखिएकाले कला विषय अध्ययनरत विद्यार्थीका लागि प्राचीन चित्रकला अध्ययन गर्ने थलोको रुपमा रहेको थियो । भूकम्पपछि अव्यवस्थित रुपमा राखिएका चित्रकला अवलोकनका लागि कैयौँ विद्यार्थी आए पनि अवलोकन गर्न नपाएको गुनासो गरेका थिए । 

विसं २०२२ मा वीरेन्द्र राष्ट्रिय कला सङ्ग्रहालय नामाकरण गरी स्थापना गरिएको भए पनि २०६२/६३ को आन्दोलनपछि वीरेन्द्रको नाम हटाई राष्ट्रिय कला सङ्ग्रहालयको नाम दिइयो । उक्त सङ्ग्रहालयमा राखिएकामध्ये कतिपय कलाकृति कलाकार स्वयम्ले बिक्री गर्नुभएको थियो भने कतिपय चित्रकला अन्यसँग खरिद गरेर सङ्कलन गरिएको प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विकेले जानकारी दिनुभयो । 

“उहाँहरुको कलालाई उक्त सङ्ग्रहालयमा सङ्ग्रहित गर्ने काम भए पनि भूकम्पपछि सही व्यवस्थापन हुन नसक्दा कलाकारबाट नै कलाको इतिहास मेट्ने काम भइरहेको छ”– उहाँले भन्नुभयो । “इतिहास बलियो भए भविष्य बलियो हुन्छ”, उहाँले भन्नुभयो– “हामीले अहिले संरक्षण गर्ने हाम्रो कला नै भविष्यको इतिहास हो, यसको संरक्षण गर्ने जिम्मा पनि हाम्रै हो । तर प्रतिष्ठानभित्र समन्वय हुन नसक्दा संरक्षणको पहल भएको छैन र इतिहासलाई आफैँले मेट्ने काम हामीबाट भएको छ ।” 

प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले सरकारले ध्यान नदिएको कारण आफूहरुले उचित संरक्षण गर्न नसकेको बताए पनि सरकारले गत वर्ष प्रतिष्ठानको भवन निर्माण गर्न छुट्याएको रु १० करोड बजेट आन्तरिक विवादका कारण ‘फ्रिज’ भएको थियो । 

यस विषयमा कुलपति उपाध्यायले प्रतिष्ठानको गोठाटारस्थित १५ रोपनी जग्गा विवादका कारण अदालतमा मुद्दा चलिरहेकाले सरकारले छुट्याएको बजेट सदुपयोग गर्न नसकिएको स्वीकार्नु भयो । तत्कालीन राणा प्रधानमन्त्री भीमसमसेरले निर्माण गरेको सीता दरबार (हालको बालमन्दिर र प्रतिष्ठान रहेको भवन) भूकम्पपछि भत्किएकाले ‘रेट्रोफिटिङ्’ गरेर पुनः त्यही सङ्ग्रहालय राख्न सरकारले सहयोग गर्नुपर्ने उहाँले माग गर्नुभयो । 

सरकारले प्रतिष्ठानको खर्चका लागि वार्षिक बजेट रु चार करोड छुट्याए पनि प्रतिष्ठानको अव्यवस्थित कार्यालयले त्यो बजेटको सदुपयोग भएको देखिन्न । हाल बालमन्दिर अगाडिको टहरोमा सम्पूर्ण प्रतिष्ठानको कार्य सञ्चालन भइरहेको र त्यहीभित्र एउटा सानो कोठामा अमूल्य कलाकृति राखिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो