असार २४, काठमाडौँ | नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन् । काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले बिहिबार राति आत्महत्या गरेकि थिइन् ।
ढोकामा किला ठोकेर डोरीले पासो लगाएको अवस्थामा जेनीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नायिका जेनी कुँवरको सुसाइड नोट समेत भेटिएको प्रहरीले जनाएको छ । अपार्टमेन्टमा भेटिएको सुसाइड नोटमा जेनीले आफ्नो मृत्युमा कसैको दोष नभएको उल्लेख गरेकी छिन् । सोसाइड नोटमा उल्लेख छ 'यसमा कसैलाई दोष छैन, मेरो आफ्नै हिसाबमा मैले यो गरेको हुँ । पुलिस दाजु, त्यस्तो केही पनि छैन् म आफैंले गरेको हो ।' सुसाइड नोटमा उल्लेख छ– 'यसमा कसैको दोष छैन ।'
उनी सनराइज सिटीको अपार्टमेन्टमै बस्दै आएकी थिइन् । निर्मात्री समेत रहेकी नायिका कुँवरले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।
