२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब

४ श्रावण २०७८, सोमबार १२:३६

साउन ४, काठमाडौँ (रासस) । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.९७ अङ्कले बढेर दुई हजार ९९४.५८ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ०.०२ विन्दुले घटेर ५६०.९४ मा पुगेको छ । कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ मूल्यमा खरिद बिक्री भए । 

कारोवार भएका १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार उपसमूहको शेयर आज उल्लेख्य बिन्दुले बढेको छ । व्यापार उपसमूह १९६.०२ ले बढ्दा बैंकिङ १०.८४, निर्जीवन बीमा १०१.४४, उत्पादन ४१.२३, अन्य १६.८७, जीवन बीमा ५३.१५, सामूहिक लगानी कोष ०.१ र लगानी १.५९ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन १६.०४, विकास बैंक १८.३, जलविद्युत् १.५४, वित्त २९.७९ र लघुवित्त ४.४२ विन्दुले घटेको छ । 

सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ बराबर पुगेको छ । कारोवारका आधारमा आज एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३५ करोड ४१ लाख ६६ हजार ४४ बराबरको कारोवार भयो ।

त्यस्तै नबिल बैंक रु ३३ करोड १८ लाख १२ हजार ४०९, नेपाल बङ्गलादेश बैंक रु ३१ करोड २९ लाख २१ हजार ९००, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर रु ३० करोड ९६ लाख ८९ हजार २३० र सिनर्जी पावर रु २८ करोड ९९ हजार ९२ ६६० बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । 

कारोवारका आधारमा आज सिनर्जी पावरको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी ९.२०, नेपाल इन्स्योरेन्स ७.५७, नागरिक लगानी कोष ६.४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५.९८ प्रतिशतले कमाए । 

नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५.८७, सनराइज बैंकको ऋणपत्र ५.०६, गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआइडिसिएलका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का