२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनी प्रदेशमा सत्ता टिकाउने र ढाल्ने खेल

२०७८, १५ श्रावण शुक्रबार ०२:००

साउन १५, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पटकपटक सदनमै भन्ने गरेका छन्, ‘अल्पमतमा परेपछि एक मिनेट पनि कुर्सीमा बस्दिनँ, नैतिकताका आधारमा राजीनामा दिन्छु।’ अरूलाइ नैतिकताको पाठ पढाएर नथाक्ने मुख्यमन्त्री पोखरेलले बजेट पास नहुने पक्का भएपछि असार ३१ गते सदन (प्रदेशसभा बैठक) छोडेर भागे।

बजेट निर्णयार्थ प्रस्तुत गर्ने बेला बैठक छाडेर भागेका उनले सोही दिन मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरे। अधिवेशन अन्त्य भएको अर्को दिन प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्यायो।  

अध्यादेशमार्फत बजेट प्रस्तुत गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले पत्रकार सम्मेलनमा आफूहरू अल्पमतमा रहेको बताएका थिए।  मन्त्रीले नै सरकार अल्पमतमा रहेको बताउँदा पनि मुख्यमन्त्री पोखरेलले भने राजीनामा दिने नैतिकता देखाएका छैनन्।

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पोखरेल नेतृत्वको सरकार थप संकटमा परेको छ। जसपाका ३ सांसदलाई मन्त्री दिएर पोखरेलले सत्ता टिकाएका छन्। पार्टीबाट सरकारमा गएकालाई जसपाले कारबाही गरेपछि सरकार संकटमा पर्ने भएको हो।

गत वैशाख १९ मा संविधानको धारा १६८ (१) बमोजिम एकल बहुमतको सरकारको मुख्यमन्त्री बनेका भनिएका पोखरेलले त्यतिबेलै जसपाका ४ सांसदलाइ मन्त्री बनाएर अल्पमतको संकट टारेका थिए। जसपाबाट मन्त्री बनेका मध्ये एक सुमन शर्मा रायमाझी राजीनामा दिएर पार्टीमा फर्किसकेकी छन्। उनी अहिले विपक्षी गठबन्धनमा छन्।  

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ