१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनी प्रदेशमा सत्ता टिकाउने र ढाल्ने खेल

१५ श्रावण २०७८, शुक्रबार ०२:००

साउन १५, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पटकपटक सदनमै भन्ने गरेका छन्, ‘अल्पमतमा परेपछि एक मिनेट पनि कुर्सीमा बस्दिनँ, नैतिकताका आधारमा राजीनामा दिन्छु।’ अरूलाइ नैतिकताको पाठ पढाएर नथाक्ने मुख्यमन्त्री पोखरेलले बजेट पास नहुने पक्का भएपछि असार ३१ गते सदन (प्रदेशसभा बैठक) छोडेर भागे।

बजेट निर्णयार्थ प्रस्तुत गर्ने बेला बैठक छाडेर भागेका उनले सोही दिन मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरे। अधिवेशन अन्त्य भएको अर्को दिन प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्यायो।  

अध्यादेशमार्फत बजेट प्रस्तुत गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिलामन्त्री बैजनाथ चौधरीले पत्रकार सम्मेलनमा आफूहरू अल्पमतमा रहेको बताएका थिए।  मन्त्रीले नै सरकार अल्पमतमा रहेको बताउँदा पनि मुख्यमन्त्री पोखरेलले भने राजीनामा दिने नैतिकता देखाएका छैनन्।

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि पोखरेल नेतृत्वको सरकार थप संकटमा परेको छ। जसपाका ३ सांसदलाई मन्त्री दिएर पोखरेलले सत्ता टिकाएका छन्। पार्टीबाट सरकारमा गएकालाई जसपाले कारबाही गरेपछि सरकार संकटमा पर्ने भएको हो।

गत वैशाख १९ मा संविधानको धारा १६८ (१) बमोजिम एकल बहुमतको सरकारको मुख्यमन्त्री बनेका भनिएका पोखरेलले त्यतिबेलै जसपाका ४ सांसदलाइ मन्त्री बनाएर अल्पमतको संकट टारेका थिए। जसपाबाट मन्त्री बनेका मध्ये एक सुमन शर्मा रायमाझी राजीनामा दिएर पार्टीमा फर्किसकेकी छन्। उनी अहिले विपक्षी गठबन्धनमा छन्।  

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का