१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलङ्कामा कोभिड–१९ सङ्क्रमण दरमा बृद्धि भए पनि घरबाटै काम गर्ने विकल्पको अन्त्य

१५ श्रावण २०७८, शुक्रबार १३:३२

साउन १५, कोलम्बो,  (रासस/एएफपी) । श्रीलङ्काले निजामती कर्मचारीहरूका लागि घरबाट नै काम गर्न सक्ने विकल्प अन्त्य भएको शुक्रबार जानकारी गराएको छ । कोरोनाभाइरस सङ्क्रमणको बृद्धि भइरहेको भएपनि सरकारले सोमबारदेखि सबै १२ लाख कर्मचारीलाई कार्यालयमा हाँजिर भई सेवा प्रबाह गर्न आदेश दिएको हो ।

सरकारीका बरिष्ठ अधिकारी जयसुन्देराले भन्नुभयो, “श्रीलङ्काका बहुमत जनसङ्ख्यालाई खोप लगाइसकिएकोले घरबाट काम गर्ने विकल्पको अब आवश्यकता छैन ।” 

श्रीलङ्कामा जुलाईको सुरूमा रहेको कोभिड–१९ सङ्क्रमण दरको तुलनामा अहिलेको सङ्क्रमण दर दोब्बर भए पनि यो कदम चालिएको हो ।

यहाँ दैनिक कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा बढी रहेको छ । कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा पुनः वृद्धि हुन थालेपछि यसको सामना गर्न अस्पतालहरू संघर्षरत रहेका एक बरिष्ठ स्वास्थ्य अधिकारीले बताए ।

सरकारी तथ्याङ्क अनुसार यहाँका करिब ९१ लाख ७० हजार नागरिक अर्थात् जनसङ्ख्याको ४३ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेका छन् । यस्तै दुबै खोप लगाउनेको सङ्ख्या पनि दुई लाखभन्दा बढी भइसकेको छ ।

श्रीलङ्कामा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन लाख पाँच हजार पुगेको र चार हजार ३०० भन्दा बढी सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको सरकारी तथ्याङ्कमा उल्लेख छ । यद्यपि सरकारको तथ्याङ्कभन्दा निकै धेरै व्यक्ति सङ्क्रमित भएको वा सङ्क्रमणका कारण मृत्यु भएको स्थानीयहरूले बताउने गरेका छन् ।

सरकारले सिन्हाली र तामिल नयाँ बर्षमा मनाइने परम्परागत पर्वमा कोभिड नियन्त्रणका लागि अपनाईएका उपायहरूलाई कडाइ नगर्दा अप्रिलपछि सङ्क्रमितको सङ्ख्यामा अत्यधिक वृद्धि भएको आरोप सरकारका आलोचकहरूले लगाउने गरेका छन् ।

 यद्यपि सङ्क्रमण दर बढेपछि सरकारले मे महिनापछि नियन्त्रणका उपायलाई कडाईका साथ लागु गरेको थियो भने यसै महिनाको सुरूदेखि यसलाई पुनः खुकुलो पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का