१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको तेस्रो लहरविरुद्ध तयारी तीव्र

१६ श्रावण २०७८, शनिबार ०२:३६

साउन १६, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  बालबालिकाहरूका  लागि  भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८०  भेन्टिलेटरसहित  २५०  बेड  आईसीयू  थप्ने  जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने भन्दै कोरोना उपचार भइरहेका अस्पताललाई  बालबालिकाहरूका लागि  छुट्टै  २०  प्रतिशत बेड  तयारी  अवस्थामा  राख्न  यसअघि  नै  निर्देशन दिइसकेको  छ  । 

डा.  पौडेलले  देशभर  हाई  डिपेन्डेन्सी  युनिट  (एचडीयू)  बेड  पनि  विस्तार  गर्न  लागेको जानकारी दिनुभयो । उहाँले देशभर थप एक हजार चार सय एचडीयू बेड  विस्तार  गर्न  लागिएको  बताए ।

हाल  देशभरका  सरकारी  अस्पतालहरूमा  दुई  हजार  ७५  र  निजी  क्षेत्रका  अस्पतालमा  ७७८  एचडीयू  बेड  सञ्चालनमा रहेका छन् । पौडेलले भेन्टिलेटरहरूको सङ्ख्या ९०४ पु¥याइएको र  १८० थप्न लागिएको जानकारी दिए । कोरोना सङ्क्रमितको उपचारमा अत्यावश्यक पर्ने मेडिकल अक्सिजनको आपूर्ति सुदृढ गर्नका लागि सरकारले पाँच हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर ल्याइसकेको जानकारी दिए ।

यस्तै तीन हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर आउने क्रममा  रहेको  जानकारी  गराए ।  डा.  पौडेलले  छ हजार ३७७ अक्सिजन सिलिन्डर थप गरिएको बताए । यस्तै १९ वटा अक्सिजन प्लान्ट, २७ वटा  अक्सिजन  ट्याङ्क  थप  गर्ने  योजनाअन्तर्गत  दुईवटाको कार्य सम्पन्न गरिएको बताए । उनले विश्वव्यापी महामारीको अवस्थामा नेपाली जनतालाई  कोभिड–१९  विरुद्धको  खोप  समयमै  उपलब्ध  गराउन  सरकार  प्रतिबद्ध  रहेको  जानकारी  दिए  ।

मन्त्रालयले  विज्ञप्ति जारी गर्दै  हालसम्म  भारत  सरकारको  अनुदानबाट  प्राप्त  १०  लाख  र  नेपाली  सेनालाई  प्राप्त  एक  लाख,  भारतको  सेरम  इन्स्टिच्युटबाट  खरिद  गरिएको  १०  लाख  तथा  कोभ्याक्सबाट प्राप्त तीन लाख ४८ हजार मात्रा सहित कुल  २४  लाख  ४८  हजार  कोभिसिल्ड  खोप  प्राप्त  भएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।​

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का