२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको तेस्रो लहरविरुद्ध तयारी तीव्र

२०७८, १६ श्रावण शनिबार ०२:३६

साउन १६, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  बालबालिकाहरूका  लागि  भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८०  भेन्टिलेटरसहित  २५०  बेड  आईसीयू  थप्ने  जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने भन्दै कोरोना उपचार भइरहेका अस्पताललाई  बालबालिकाहरूका लागि  छुट्टै  २०  प्रतिशत बेड  तयारी  अवस्थामा  राख्न  यसअघि  नै  निर्देशन दिइसकेको  छ  । 

डा.  पौडेलले  देशभर  हाई  डिपेन्डेन्सी  युनिट  (एचडीयू)  बेड  पनि  विस्तार  गर्न  लागेको जानकारी दिनुभयो । उहाँले देशभर थप एक हजार चार सय एचडीयू बेड  विस्तार  गर्न  लागिएको  बताए ।

हाल  देशभरका  सरकारी  अस्पतालहरूमा  दुई  हजार  ७५  र  निजी  क्षेत्रका  अस्पतालमा  ७७८  एचडीयू  बेड  सञ्चालनमा रहेका छन् । पौडेलले भेन्टिलेटरहरूको सङ्ख्या ९०४ पु¥याइएको र  १८० थप्न लागिएको जानकारी दिए । कोरोना सङ्क्रमितको उपचारमा अत्यावश्यक पर्ने मेडिकल अक्सिजनको आपूर्ति सुदृढ गर्नका लागि सरकारले पाँच हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर ल्याइसकेको जानकारी दिए ।

यस्तै तीन हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर आउने क्रममा  रहेको  जानकारी  गराए ।  डा.  पौडेलले  छ हजार ३७७ अक्सिजन सिलिन्डर थप गरिएको बताए । यस्तै १९ वटा अक्सिजन प्लान्ट, २७ वटा  अक्सिजन  ट्याङ्क  थप  गर्ने  योजनाअन्तर्गत  दुईवटाको कार्य सम्पन्न गरिएको बताए । उनले विश्वव्यापी महामारीको अवस्थामा नेपाली जनतालाई  कोभिड–१९  विरुद्धको  खोप  समयमै  उपलब्ध  गराउन  सरकार  प्रतिबद्ध  रहेको  जानकारी  दिए  ।

मन्त्रालयले  विज्ञप्ति जारी गर्दै  हालसम्म  भारत  सरकारको  अनुदानबाट  प्राप्त  १०  लाख  र  नेपाली  सेनालाई  प्राप्त  एक  लाख,  भारतको  सेरम  इन्स्टिच्युटबाट  खरिद  गरिएको  १०  लाख  तथा  कोभ्याक्सबाट प्राप्त तीन लाख ४८ हजार मात्रा सहित कुल  २४  लाख  ४८  हजार  कोभिसिल्ड  खोप  प्राप्त  भएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।​

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ