१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीमा एकै दिनमा झण्डै २१ हजार सङ्क्रमित

१८ श्रावण २०७८, सोमबार १३:१३

साउन १८, आङ्करा (रासस/सिन्ह्वा) । कोरोना भाइरसको महामारीबाट अतिप्रभावित मुलुक टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्रै टर्कीमा २० हजार ८९० जना नयाँ सङ्क्रमित थपिएका छन् । 

योसँगै टर्कीमा अहिलेसम्म ५७ लाख ४७ हजार ९३५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

पछिल्लो एक दिनमा टर्कीमा ९६ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको सङ्ख्या ५१ हजार ४२८ पुगेको छ । 

टर्कीमा कोरोना भाइरसबाट सङ्क्रमित भएरपनि एक दिनमा पाँच हजार ५३९ जना सङ्क्रमणमुक्त भएका छन् । 

अधिकारीहरुका अनुसार पछिल्लो एक दिनमा दुई लाख ५१ हजार २२४ जनाको कोरोना परीक्षण गरिएको छ ।

टर्कीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहेको भए पनि महामारी पनि फैलिइरहेको छ ।

गत जनवरी १ मै चिनियाँ खोप सिनोभ्याक्स लगाउन टर्की सरकारले अनुमति दिएको थियो । 

चार करोड १० लाखभन्दा बढीलाई पहिलो चरणको खोप लगाइसकिएको छ । तीमध्ये दुई करोड ७० लाखले दुवै खोप लगाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का