२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२५ जना महिलालाई श्रीलङ्का लगेर बन्धक बनाउने महिला जेल चलान

१८ श्रावण २०७८, सोमबार १५:४७

 साउन १८, काठमाडौँ  (रासस) । महिलालाई श्रीलङ्का पु¥याएर बेचबिखन गर्ने आरोपमा पक्राउ परेका एक महिलालाई जेल चलान गरिएको छ ।  

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले कुवेतमा आकर्षक तलब कमाई हुन्छ भनी श्रीलङ्का लगेर २५ महिलालाई बन्धक बनाएको आरोपमा सुनसरी रामधुनी नगरपालिका–९ की ४० वर्षीया सावित्रीदेवी मलाह भन्ने सावित्री मुखियालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकी मुखियालाई काठमाडौँ जिल्ला अदालतको यही साउन १५ को आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाएको प्रहरीले जनाएको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले महिलाहरुलाई आकर्षक तलब हुन्छ भनी काठमाडौँबाट सप्तरीको राजविराज हुँदै हनुमाननगर नाकाबाट भारतको नयाँ दिल्ली हुँदै श्रीलङ्का पु¥याएर बन्धक बनाउने कार्यमा संलग्न रहेको आरोपमा मुखियालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

“पीडित महिलालाई राहदानी बनाउन लगाएर मुखियाले श्रीलङ्का पु¥याई बन्धक बनाएको अनुसन्धानमा खुल्न आएको छ”, उहाँले भन्नुभयो । बन्धक बनाएका महिलालाई श्रीलङ्का प्रहरीको सहयोगमा उद्धार गरिएको ब्यूरोले जनाएको छ । 

पक्राउ मुखियालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान गरिएको प्रवक्ता द्विवेदीको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य