साउन ३१, इलाम । इलामको दक्षिणी पश्चिमी क्षेत्रका विद्यार्थीलाई विद्यालय जान दैनिक आफ्नो जिल्ला पार गरेर जानुपर्ने बाध्यता रहेको छ । 

महमाई, चुलाचुली, इभाङलगायत गाविसका विद्यार्थीलाई पाँच घन्टासम्म हिँडेर झापा जानुपर्ने बाध्यता रहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, इलाम । इलामको दक्षिणी पश्चिमी क्षेत्रका विद्यार्थीलाई विद्यालय जान दैनिक आफ्नो जिल्ला पार गरेर जानुपर्ने बाध्यता रहेको छ । 

महमाई, चुलाचुली, इभाङलगायत गाविसका विद्यार्थीलाई पाँच घन्टासम्म हिँडेर झापा जानुपर्ने बाध्यता रहेको"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

विद्यालय जान इलामबाट झापा जानुपर्ने बाध्यता

२०७३, ३१ श्रावण सोमबार ०५:५३

साउन ३१, इलाम । इलामको दक्षिणी पश्चिमी क्षेत्रका विद्यार्थीलाई विद्यालय जान दैनिक आफ्नो जिल्ला पार गरेर जानुपर्ने बाध्यता रहेको छ । 

महमाई, चुलाचुली, इभाङलगायत गाविसका विद्यार्थीलाई पाँच घन्टासम्म हिँडेर झापा जानुपर्ने बाध्यता रहेको हो । 

महमाई–९ लोसेकी सुनिता लिम्बू पढ्नका लागि बिहान ८ बजेनै खाना खाएर विद्यालय नहिँडे पढाइ छुट्छ । दैनिक पाँच घन्टा हिँडेर झापाको शिवसतासी–९ स्थित बाल निकुञ्ज उमावि पुग्नुपर्ने उनको दैनिकीनै बनेको छ । 

महमाईकै सविता श्रेष्ठलाई पनि विद्यालय पुग्न गाह्रो पर्छ । बिहानै घरबाट नहिडे विद्यालय समयमा नपुगिने भन्ने डरले यहाँका अधिकांश विद्यार्थी बिहानै छिमेकी जिल्लातर्फ लाग्छन् । 

यहाँका सबैजसो विद्यार्थीलाई मावि तहको पढाइका लागि अर्को जिल्ला पुग्नुपर्ने बाध्यता छ । 

निमाविभन्दा माथि पढाइ हुने विद्यालय नभएपछि लोसेका विद्यार्थी चार÷पाँच घन्टा हिँडेर झापाको विद्यालय पुग्छन् । लोसेका विद्यार्थीले प्रावि तहको पढाइका लागि पनि झापाकै बाल ज्योति प्रावि पुग्नुपर्छ । 

प्रावि तहमा पढ्ने बालबालिकाले समेत दिनमा दुई घन्टा नहिडी पढ्न पाउँदैनन् । उसै त विद्यालय टाढा त्यसमा पनि बर्खा लागेपछि स्थानीय सरदारे खोलाले समस्यामा पार्ने गरेको महमाईकी सविता श्रेष्ठ बताउँछिन् । “एउटै खोला पाँचपल्ट तरेर मात्र विद्यालय पुगिन्छ” उनी भन्छिन् “कहिले काहीँ त बाढीले किताबकापीनै बगाइदिन्छ ।” 

दिनहुँको हिँडाइले हैरान बनेका महमाई लोसेका धेरै विद्यार्थी मुस्किलले मात्र मावि तहमा पुग्ने गरेका छन् । गाउँमा विद्यालय नभएकै कारण बिहान हतार–हतार दुई गाँस खाना खाएर हिँडेपछि बेलुका ६ बजे मात्र घर आइपुगिने बुद्धिमान लिम्बू बताउँछन् । गलेर विद्यालय पुगेका कारण शिक्षकले पढाएको पनि राम्ररी बुझ्न नसकिने विद्यार्थी बताउँछन् । 

विद्यालय टाढा भएकै कारण आफ्ना छोराछोरीले सोचे जस्तो पढ्न नसकिरहेको महमाई लोसेका अभिभावक बताउँछन् । धेरै लामो दुरीबाट हिँडेर आउने लोसेका विद्यार्थीको समस्यालाई केही सहज बनाउन विद्यालयले बर्खाको समयमा छात्राबासको सुविधा उपलब्ध गराउने गरेको भए पनि छात्राबासको बसाइ सबैका लागि विकल्प नहुने बाल निकुञ्ज उच्च माविले जनाएको छ । 

प्राचार्य भीम लिम्बू भन्नुहुन्छ “ठूला कक्षाका विद्यार्थीलाई बर्खाको बेला छात्रबासको व्यवस्था मिलाउने गरेका छौँ ।” इलाम र झापाका गरी यस विद्यालयमा ५०० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार