साउन ३१, इलाम । इलामको दक्षिणी पश्चिमी क्षेत्रका विद्यार्थीलाई विद्यालय जान दैनिक आफ्नो जिल्ला पार गरेर जानुपर्ने बाध्यता रहेको छ । 

महमाई, चुलाचुली, इभाङलगायत गाविसका विद्यार्थीलाई पाँच घन्टासम्म हिँडेर झापा जानुपर्ने बाध्यता रहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, इलाम । इलामको दक्षिणी पश्चिमी क्षेत्रका विद्यार्थीलाई विद्यालय जान दैनिक आफ्नो जिल्ला पार गरेर जानुपर्ने बाध्यता रहेको छ । 

महमाई, चुलाचुली, इभाङलगायत गाविसका विद्यार्थीलाई पाँच घन्टासम्म हिँडेर झापा जानुपर्ने बाध्यता रहेको"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

विद्यालय जान इलामबाट झापा जानुपर्ने बाध्यता

३१ श्रावण २०७३, सोमबार ०५:५३

साउन ३१, इलाम । इलामको दक्षिणी पश्चिमी क्षेत्रका विद्यार्थीलाई विद्यालय जान दैनिक आफ्नो जिल्ला पार गरेर जानुपर्ने बाध्यता रहेको छ । 

महमाई, चुलाचुली, इभाङलगायत गाविसका विद्यार्थीलाई पाँच घन्टासम्म हिँडेर झापा जानुपर्ने बाध्यता रहेको हो । 

महमाई–९ लोसेकी सुनिता लिम्बू पढ्नका लागि बिहान ८ बजेनै खाना खाएर विद्यालय नहिँडे पढाइ छुट्छ । दैनिक पाँच घन्टा हिँडेर झापाको शिवसतासी–९ स्थित बाल निकुञ्ज उमावि पुग्नुपर्ने उनको दैनिकीनै बनेको छ । 

महमाईकै सविता श्रेष्ठलाई पनि विद्यालय पुग्न गाह्रो पर्छ । बिहानै घरबाट नहिडे विद्यालय समयमा नपुगिने भन्ने डरले यहाँका अधिकांश विद्यार्थी बिहानै छिमेकी जिल्लातर्फ लाग्छन् । 

यहाँका सबैजसो विद्यार्थीलाई मावि तहको पढाइका लागि अर्को जिल्ला पुग्नुपर्ने बाध्यता छ । 

निमाविभन्दा माथि पढाइ हुने विद्यालय नभएपछि लोसेका विद्यार्थी चार÷पाँच घन्टा हिँडेर झापाको विद्यालय पुग्छन् । लोसेका विद्यार्थीले प्रावि तहको पढाइका लागि पनि झापाकै बाल ज्योति प्रावि पुग्नुपर्छ । 

प्रावि तहमा पढ्ने बालबालिकाले समेत दिनमा दुई घन्टा नहिडी पढ्न पाउँदैनन् । उसै त विद्यालय टाढा त्यसमा पनि बर्खा लागेपछि स्थानीय सरदारे खोलाले समस्यामा पार्ने गरेको महमाईकी सविता श्रेष्ठ बताउँछिन् । “एउटै खोला पाँचपल्ट तरेर मात्र विद्यालय पुगिन्छ” उनी भन्छिन् “कहिले काहीँ त बाढीले किताबकापीनै बगाइदिन्छ ।” 

दिनहुँको हिँडाइले हैरान बनेका महमाई लोसेका धेरै विद्यार्थी मुस्किलले मात्र मावि तहमा पुग्ने गरेका छन् । गाउँमा विद्यालय नभएकै कारण बिहान हतार–हतार दुई गाँस खाना खाएर हिँडेपछि बेलुका ६ बजे मात्र घर आइपुगिने बुद्धिमान लिम्बू बताउँछन् । गलेर विद्यालय पुगेका कारण शिक्षकले पढाएको पनि राम्ररी बुझ्न नसकिने विद्यार्थी बताउँछन् । 

विद्यालय टाढा भएकै कारण आफ्ना छोराछोरीले सोचे जस्तो पढ्न नसकिरहेको महमाई लोसेका अभिभावक बताउँछन् । धेरै लामो दुरीबाट हिँडेर आउने लोसेका विद्यार्थीको समस्यालाई केही सहज बनाउन विद्यालयले बर्खाको समयमा छात्राबासको सुविधा उपलब्ध गराउने गरेको भए पनि छात्राबासको बसाइ सबैका लागि विकल्प नहुने बाल निकुञ्ज उच्च माविले जनाएको छ । 

प्राचार्य भीम लिम्बू भन्नुहुन्छ “ठूला कक्षाका विद्यार्थीलाई बर्खाको बेला छात्रबासको व्यवस्था मिलाउने गरेका छौँ ।” इलाम र झापाका गरी यस विद्यालयमा ५०० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला