१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

२१ श्रावण २०७८, बिहीबार ०१:४६

साउन २१, काठमाडौं  । पछील्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ ।

जनस्वास्थ्यविद्हरूले संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी कदम नचाल्ने हो र सर्वसाधारणले पनि घोषित मापदण्ड पालनामा गम्भीर नहुने हो भने मुलुक संक्रमणको तेस्रो लहरमा प्रवेश गर्ने चेतावनी दिइसकेको अवस्थामा पछिल्ला दिनमा बढ्दै गएको संक्रमितको ग्राफले फेरि एकपटक अप्रिय अवस्था आउन सक्ने देखिएको छ ।

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा बुधबार भने ४ हजार नाघेको छ । बुधबार मात्रै ४ हजार १ सय ७ जना संक्रमित थपिएका छन् । यो भनेको ४२ दिनपछिकै सबैभन्दा धेरै हो ।

गत ८ असारमा १२ हजार २ सय ४ जनाको आरटीपीसीआर र ४ हजार ७ सय ९ जनाको एन्टिजेन परीक्षणका क्रममा ४ हजार ५ सय २२ जना संक्रमित थपिएका थिए । त्यसयता संक्रमणदर स्थिर रहँदै आएको थियो ।

बुधबार भने ११ हजार ३ सय ५४ जनाको पीसीआर र ४ हजार ९ सय ४४ जनाको एन्टिजेन गरी १६ हजार २ सय ९८ जनाको परीक्षण गर्दा ४ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा पीसीआर परीक्षण गरिएका मध्ये २६.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । उनले भने, ‘यो संख्या निकै धेरै हो । संक्रमण कायम रहेको छ । हेलचेक्र्याइँ नगरौं ।’ यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का