२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया धकेलियो’

२०७८, २२ श्रावण शुक्रबार ०२:३८

साउन २२, काठमाडौं  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया पर धकेलिएको बताएका छन्। आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठकमा बिहीबार नेपालले भने, ‘एकताको कुरा अगाडि बढ्ने बित्तिकै अध्यक्षले भोलिपल्टै अर्को कुरा गर्न थाल्नुहुन्छ। त्यसले गर्दा विश्वासको वातावरण बनेको छैन, सहमति पनि खण्डित भएको छ। केही विषयमा सहमति भएका छन् तर धेरै विषयमा सहमति भएको छैन’, उनले भने।  

सहमतिको प्रस्ताव आएकै बेला काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्षले माधव नेपाल राष्ट्रद्रोही हो भनेको प्रसंग उल्लेख गर्दै नेपालले थपे, ‘एक दिनअघि प्रस्ताव गर्ने, भोलिपल्ट अर्कै भाषण गर्ने कुराले परिस्थिति बिगारेको छ।

अध्यक्षको प्रस्ताव आएको छ तर केही पनि टुंगो लागेको छैन। उनी नजिकका नेताहरू त्यो हुन्न भनिरहेका छन्।’ नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म ओलीसँग झुक्न नहुने बताए । उनले पार्टीभित्रको विवाद मिलाउने मुख्य जिम्मेवारी अध्यक्षको नै भएको बताए।  

नेपालले साउन २४ अघि नै सहमति कायम गर्न कार्यदलमा रहेका नेताहरूलाई आग्रह गरेका छन्। अध्यक्ष ओलीले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएका छन्। ‘२४ गते केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सुनिएको छ। हामीले के गर्ने, त्यसअघि नै निष्कर्ष निकालेर अघि बढ्नुपर्छ’, नेता नेपालले भने।

उनले एकताको प्रयास दुवै पक्षबाट भएको बताए। ‘हामी सबै एकताको प्रयासमा छौं । यो प्रयास हामी र केपी ओलीकै मान्छेबाट पनि भइरहेको छ। ‘एकताकै लागि केपी ओलीका मान्छेहरू पनि आएर मसँग बारम्बार छलफल गर्छन् तर सहमतिमा भने पुगिएको छैन’, नेपालले भने। उनकै भनाइमा टेकेर केन्द्रीय सदस्य ठाकुर गैरेले चैतमा भएको कार्यकर्ता भेलाले लिएको निर्णयमा कुनै फेरबदल नआएकाले त्योभन्दा बाहिर जान नहुने बताए।

‘गत चैतमा गरिएको कार्यकर्ता भेला, त्यसपछिको केन्द्रीय कमिटी बैठकले दिएको निष्कर्षकै जगमा हामी छौं । त्यो आजसम्म फेरिएको छैन। हामी त्यही ठाउँमा भएका कारण पार्टीलाई विभाजन गर्ने कुरा कहीं छैन’, उनले भने। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ