१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा फेरि बढे कोरोना सङ्क्रमित, अमेरिकामा स्वास्थ्य मापदण्डमा कडाई

२२ श्रावण २०७८, शुक्रबार ०९:१४

साउन २२, लन्डन (रासस/सिन्ह्वा) । बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ ।

पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् । यहाँ गएको २४ घण्टामा ३० हजार ९८८ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् ।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँ अहिलेसम्मका सङ्क्रमितको सङ्ख्या ५९ लाख ८२ हजार १५२ पुगेको छ । त्यसैगरी गएको २४ घण्टायता यहाँका कम्तीमा पनि ८६ जनाको कोरोनाकै कारण ज्यान गएको बताइएको छ ।

 यहाँ पछिल्ला केही दिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएकाले अबका केही दिनमा यहाँ सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढेको पाइएको छ ।

उता अमेरिकामा पनि पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको देखिएकाले यहाँको सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गर्ने जनाएको छ ।

  पछिल्ला केही समयमा यसको सङ्क्रमण बढेपछि कतिपय राज्यहरुमाा मास्क लगाउन अनिवार्य पनि गरिएको छ ।

त्यसैगरी कतिपय अस्पतालहरुमा कोभिडका सङ्क्रमितहरु बढेका समाचारहरु पनि आइरहेकाले सरकारले आवश्यक थप तयारी थालेको पनि बताइएको छ ।

 अमेरिकी संस्था ‘सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका संक्रमितहरु बढ्न सक्ने बताएको छ ।

सो संस्थाले आगामी चार हप्तामा यहाँका अस्पतालहरुमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्तिहरुको मृत्युको दर पनि बढ्न सक्ने अनुमान गरेकाले सरकारले थप तयारी थालेको बताइएको हो ।

 उक्त संस्थाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा कोभिडको सङ्क्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकाले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरु अपनाउन सबै नागरिकमा अपिल पनि गरेको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो