१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेलिकमको सियूजी प्याकेज : अनलिमिटेड कलदेखि डाटासम्म

२२ श्रावण २०७८, शुक्रबार ११:१८

साउन २२, काठमाडौँ (रासस) । नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा आबद्ध गराएर छुट दिन सकिने जनाएको हो ।

सियूजी सेवामा आबद्ध सदस्यबीच निःशुल्करूपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिने तथा सियूजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्पोरेट ग्रुपमा आबद्ध सदस्यको आवश्यकतालाई दृष्टिगत गरी रु २००, रु ५००, रु एक हजार र रु एक हजार ५०० दरका विभिन्न सियूजी प्याकेज उपलब्ध गराइएको छ । कम्पनीले उपलब्ध गराएको सो सेवामा प्रिपेड मोबाइलका ग्राहकले रु २०० को प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कलबाहेक १०० मिनेट अननेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने एक जिबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।

त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले रु ५०० को प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने पाँच जिबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।

उक्त दुई प्याकेजबाहेक पोस्टपेड मोबाइलका ग्राहकले रु एक हजार र रु एक हजार ५०० का अन्य प्याकेजसमेत प्रयोग गर्न सक्दछन् । रु एक हजारको प्याकेजअन्तर्गत सियूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ः०० देखि बेलुकी ७ः०० बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा एक हजार मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिन्छ । साथै यस प्याकेजमा १० जिबी डाटा चलाउन र २०० एसएमएस पठाउन सकिन्छ ।

यसैगरी रु एक हजार ५०० को प्याकेजअन्तर्गत सियूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ः०० बजेदेखि बेलुकी ७ः०० बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५०० मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ । यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जिबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ ।

कुनै संस्था/कार्यालयले ग्रुपमा सहभागी गराउनुपर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । न्यूनतम १० प्रिपेड÷पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिकरूपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सियूजी प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता