१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सार्वजनिक महत्वको प्रस्ताव दर्ता

२२ श्रावण २०७८, शुक्रबार १५:२४

साउन २२, काठमाडौँ (रासस)। नेपाली कांग्रेसले कोभिड–१९ को प्रभावका कारण नेपालीका लागि वैदेशिक रोजगार असुरक्षित भएको र सरकारले आवश्यक सहयोग गर्नुपर्नेलगायतका विषयमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

कांग्रेस सांसद डा डिला सङ्ग्रौला पन्त प्रस्तावक र प्रमिला राई तथा रामबहादुर बिष्ट समर्थक रहेको प्रस्तावमा कोभिड–१९बाट सृजित समस्याले वैदेशिक रोजगारमा ज्यान गुमाएका, रोजगारी गुमाएका र स्वदेश फर्किएकाका बारेको विस्तृत तथ्याङ्क सरकारसँग माग गर्न छलफल गर्नुपर्ने जरुरी रहेको उल्लेख गरिएको छ ।

कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई सरकारको तर्फबाट भएको सहयोगको माग गर्न, वैदेशिक रोजगारबाट फर्केका र स्वदेशमै पनि बेरोजगार भएका व्यक्तिलाई सरकारले के कस्तो राहत र रोजगारीको व्यवस्था गरेको सो बारे पनि छलफल गर्न माग गरिएको छ ।

त्यस्तै रोजगारीका लागि सम्झौता तथा समझदारी भएका मुलुकमा अनुगमन किन नभएको, अब कुनकुन देशसँग अनुगमन र श्रम सम्झौता हुँदैछ, त्यस बारे पनि सरकारसँग आवश्यक सूचना माग गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित प्रस्तावमा रोजगार सेवा केन्द्रको अवस्था कस्तो छ र यसले कसरी काम गरिरहेको छ भन्ने कुराको जानकारीसमेत माग गर्नका लागि छलफल गर्नुपर्ने कारण उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता