२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइतबार काठमाडौँ उपत्यकामा मात्र ९५१ जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

२४ श्रावण २०७८, आईतवार १२:१८

साउन २४, काठमाडौँ (रासस) । गएको २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्र ९५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाभित्र देशभर दुई हजार ५४८ मा सङ्क्रमण देखिएकामा काठमाडौँ उपत्यकामा मात्र ९५१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट उक्त सङ्ख्यामा कोराना सङ्क्रमण पुष्टि भएको हो । 

थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै ७४० जना काठमाडौँका छन् । यस्तै भक्तपुरमा ५६ र ललितपुरमा १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

 दुई हजार ५४८ सङ्क्रमित, ५५ को मृत्यु

गएको २४ घन्टामा नेपालमा दुई हजार ५४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

देशभरका विभिन्न प्रयोगशालामा नौ हजार ३३ जनाको आरटी–पिसीआर परीक्षण गर्दा दुई हजार १३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी तीन हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ४११ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ५५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप दुई हजार २९ जना कोरोना सङ्क्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेशनमा रहेका ती सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

यससँगै नेपालमा कोरोना सङ्क्रमित भइ निको हुनेको दर ९३ दशमलव ६ प्रतिशत रहेको छ । हालसम्म छ लाख ६९ हजार २९९ जनाले कोरोनालाई जितेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य