१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल समूहबिना नै अघि बढ्यो एमाले

२६ श्रावण २०७८, मंगलवार ०१:५३

साउन २६, काठमाडौं  । पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ ।

एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीले प्रस्ताव गरेको संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

त्यस्तै, अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने पनि प्रस्तावित संशोधनमा उल्लेख गरिएको तामाङले बताए ।

विधान संशोधन पारित भएसँगै केन्द्रीय कमिटी २ सय २५ जनाको राख्ने, पार्टीले उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउने पनि प्रस्तावित विधानमा उल्लेख छ ।

विधान महाधिवेशनका निम्ति पार्टीले चारवटा समिति गठन गर्ने निर्णयसमेत गरेको छ । ती समितिहरूले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेश गरिनेछ ।

अध्यक्ष ओली समूहको केन्द्रीय कमिटीको उक्त निर्णयप्रति वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाएको छ ।

 यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव