२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप चार हजार ९०४ मा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु

२०७८, २६ श्रावण मंगलवार १२:५५

साउन २६, काठमाडौँ (रासस) । नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार १२३ मा नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

तीमध्ये १३ हजार १२७ को पिसिआर परीक्षण गर्दा तीन हजार १९४ र पाँच हजार ९०५ को एन्टिजेन परीक्षण गर्दा एक हजार ७१० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई हजार ११५ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ७३ हजार १९८ पुगेका छन् ।नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३.४ प्रतिशत छ । 

यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको निधन भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश हजार १५० पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ३३२ जना रहेका छन् । त्यस्तै ३३ हजार ९८५ जना होम आइसोलेसनमा, तीन हजार ३४७ संस्थागत आइसोलेसनमा र ३८१ जना क्वारेन्टिनमा रहेका छन् । 

कोरोना सङ्क्रमितमध्ये ७६१ जना सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ भने १७६ जना भेन्टिलेटरमा राखी उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ