१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमााडौँ उपत्यकामा निषेधाज्ञा थप

२६ श्रावण २०७८, मंगलवार १२:५८

साउन २६, काठमाडौँ (रासस) । कोभिड–१९ को सङ्क्रमण वृद्धिसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । 

अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरुपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारी साधन गन्तव्यमा पुगी सक्नुपर्ने (८ बजेपछि सवारी सञ्चालन गर्न नपाइने) निर्णय थप गरेको छ । यद्यपि अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न पाइने छ । आजको बैठकले गरेको निर्णय यही साउन २८ गते बिहान १ बजेबाट भदौ ८ गते राति १२ बजेसम्म लागू हुनेछ । 

यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो भने रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न अनुमति दिइएको थियो । 

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको छ । कोभिड–१९ का बिरामीको सङ्ख्या वृद्धि हुन थालेकाले केही कडाइ गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलले जानकारी दिनुभयो ।

“राति बीच बाटोमा अलमल गर्ने अवस्था देखियो, त्यसले भीडभाड बढेको पाइयो, त्यसलाई रोक्न ८ बजेभित्र नै गन्तव्यमा पुगी सक्नुपर्ने गरी निर्णय गरिएको हो”, उहाँले रासससँग भन्नुभयो । आदेशमा  कोभिड–१९ को लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न अनुरोध गरिएको छ । स्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न पनि भनिएको छ । 

सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न÷गराउन पाइने छैन । खुला स्थानमा मानिस भेला हुन, सभा÷जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न÷गराउन पनि पाइने छैन । नित्य पूजाबाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ ।

औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ । अन्य पसल, व्यवसाय भने साँझ ७ बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य अडरको हकमा टेक–अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । 

सिट क्षमताअनुसारको यात्रु राखेर यातायातका साधन सञ्चालन गर्न भनिएको छ । त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्णपालना गर्नुपर्ने छ । टेम्पु र नीलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनुपर्ने व्यवस्थालाई कायम राखिएको छ ।

यसअघिको आदेशानुसार लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था छ । परीक्षामा भने एक कोठामा २५ भन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्णपालना गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव