२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी र माधव दुबैलाई पन्छाउने सपना

२०७८, २७ श्रावण बुधबार ०२:२९

साउन २७, काठमाडौं । नेकपा एमाले उत्पन्न अन्तरविरोध तथा अन्तरसंघर्षका क्रममा युवा पुस्ताका नेताहरु छेड्के दाउ हान्ने गृहकार्य रहेको महसुस हुन थालेको छ ।

केपी शर्मा ओली र माधव नेपालबीच उत्पन्न विवाद समाधान खोज्दै पार्टीमा एकता पुनर्बहाली गर्न सक्रिय रहेका सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे एमालेलाई विभाजित हुन नदिन जुनसुकै जोखिम उठाउन तयार रहेको बताइन्छ ।

पाण्डे र रावल माधव नेपाललाई समेत समेटेर पार्टी एकता पुनस्र्थापित गर्ने प्रयासरत रहेको , माधव नेपालले केपी ओलीसँग एकीकृत भएर अगाडि बढ्न नचाहेकोले उनीहरु सकसमा परिरहेको छन् ।

माधव नेपाल छुट्टै पार्टी गठन गर्ने योजनामा भएको बुझेपछि पाण्डे, रावल र योगेश भट्टराईले पार्टी विभाजनका निम्ती माधव नेपाललाई साथ नदिने निर्णय पुगेका थिए ।

माधव नेपाललाई नलिएर ओलीसँग भए आगामी निर्वाचनमा टिकट पाउने होइन कि भन्ने माधव पक्षका नेतामा चिन्ता छ ।

माधव नेपाललाई छोड्ने हो भने केपी ओलीलाई पनि पन्छाएर नयाँ पुस्ताले पार्टीको कमाण्ड सम्हाल्न उपयुक्त हुने सोच उत्पन्न भएको छ ।

पछिल्लो समयमा सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराईलगायतका नेताबीच केपी र माधव दुबैलाई पन्छाएर पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको बुझिएको छ । यो समाचार घटना र विचार साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ