२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्घटनाबाट जोगियो सीता एयरको जहाज

२०७८, २७ श्रावण बुधबार १४:२६

साउन २७, सिमकोट  (रासस) । हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको बताउनुभयो । जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो । 

विमानमा सवार चालक दलका सदस्य सकुशल रहनुभएको छ । चालक दलका सदस्यमात्र रहेको सीता एयरको नाइनएनएएचडी डोनिएर विमान रहेको छ ।

विमानको टायर पन्चर्ड भए पनि अन्य केही क्षति नभएको विमानास्थलले जनाएको छ । उक्त जहाजलाई पार्किङस्थलसम्म ल्याइएको छ । नेपालगञ्ज वा सुर्खेतबाट नयाँ टायर ल्याउने तयारी भइरहेको सीता एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ