२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाद्यवस्तुको मूल्य बढेको बढ्यै, के-को मूल्य कति पुग्यो ?

२०७८, २८ श्रावण बिहीबार ०१:५२

साउन २८, काठमाडौं  । कोभिडका कारण अस्तव्यवस्त बनेको बजारको मौका छोप्दै व्यापारीहरूले विभिन्न खाद्यवस्तुको मनपरी रूपमा मूल्य बढाउने काम कायमै राखेका छन् । व्यापारीहरूले खानेतेल, दाल, चामल, चियापत्ती, हर्लिक्स, मह लगाएत चक्लेटको समेत मनपरी रूपमा मूल्य वृद्धि कायमै राखेका छन् ।

फितलो बजार अनुगमन र राजनीतिक अस्थिरताको फाइदा उठाउँदै व्यापारीहरूले पटकपटक मूल्य बढाउने गरेका छन् । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार करीब ३ महीना अघिसम्म बजारमा २ सय ५० रुपैयाँ प्रतिलिटर पर्ने तोरीको तेलको मूल्य यति बेला बढेर ३ सय ७० रुपैयाँसम्म पुगेको छ । यसअघि प्रतिलिटर २ सय २० रुपैयाँ रहेको भटमासको तेलको मूल्य हाल बढेर २ सय ५५ रुपैयाँसम्म पुगेको छ भने सनप्mलावर तेलको मूल्य पनि प्रतिलिटर ५० रुपैयाँले बढेर २ सय ८० रुपैयाँ कायम भएको छ ।

खानेतेलसँगै दाल र चामलको मूल्य पनि बढेको छ । वैशाख दोस्रो साता निषेधाज्ञा शुरू हुने समयमा प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य रहेको मसुरोको दालको मूल्य यति बेला प्रतिकिलो १ सय ३० रुपैयाँसम्म पुगेको छ ।

मासको दालमा प्रतिकिलो २० रुपैयाँ सम्मले वृद्धि हुँदै १ सय ६० बाट १ सय ८० रुपैयाँ पुगेको छ । त्यसैगरी हरेक ब्रान्डको चामलमा प्रतिवोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य बढेको संघले जनाएको छ । यति बेला मूल्य बढाउनुपर्ने खास कारण केही नभए पनि केही सीमित व्यापारी र बिचौलियाहरूले राजनीतिक तरलता र निषेधाज्ञाको बहानामा मूल्य बढाएको हुनसक्ने बताइएको छ ।

त्यसैगरी चियापत्ती, हर्लिक्स, महलगायत चक्लेटको मूल्य पनि बढेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले आर्थिक अभियान दैनिकलाई बताए । उनका अनुसार गत वैशाखसम्म ३ सय ७० रुपैयाँ पर्ने ५ सय ग्राम हर्लिक्सको मूल्य अहिले बढेर ४ सय रुपैयाँ पुगेको छ । प्रतिकिलो ६ सय रुपैयाँ पर्ने मह ६ सय ५० रुपैयाँ र ९० रुपैयाँको टोकला चियाको मूल्य १ सय ३० देखि १ सय ४० रुपैयाँ सम्ममा विक्री हुँदै आएको छ ।

त्यसैगरी हरेक किसिमका चक्लेटको मूल्यमा १० रुपैयाँसम्म वृद्धि भएको छ । अहिले हरेक खाद्यवस्तुको मूल्यमा १० प्रतिशतसम्म वृद्धि भएको उनले बताए । यति बेला खाद्यवस्तुको मूल्य बढ्नुपर्ने खासै कारण नभए पनि निरन्तर मूल्य बढ्नुले उपभोक्ताहरू मारमा परिरहेको बताइएको छ । बजारमा लगातार रूपमा अस्वाभाविक रूपमा खाद्यवस्तुको मूल्य वृद्धि हुनुका पछाडि फितलो बजार अनुगमन र राजनीतिक अस्थिरता प्रमुख कारण रहेको सरोकारवालाहरूले बताएका छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजार हस्तक्षेप र अनुगमन गर्ने सरकारी संयन्त्र कमजोर हुनु र हालको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै व्यापारीहरूले हरेकजसो खाद्यवस्तुको मूल्य बढाउने गरेको बताए । अहिले ठूला होटेल, रेस्टुराँ, पार्टी प्यालेसजस्ता बढी खाद्यान्न खपत हुने स्थानहरू बन्द भएकाले खपत घट्दा पनि मूल्य बढिरहनु सान्र्दभिक नभएको उनले बताए । यसका लागि सरकारी संयन्त्र नै इमानदारपूर्वक लाग्नुपर्ने उनको तर्क छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ