२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको स्वागत स्वरुप सरसफाई

१६ चैत्र २०७२, मंगलवार १०:३४

jhapa gold cupगौरव पोखरेल/चैत १६, झापा । मोफसलमा सर्वाधिक पुरस्कार राशिका साथ झापा हुन लागको
अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी स्वरुप विर्तामोड नगर क्षेत्रको मंगलबार सरसफाई गरिएको छ ।
यही चैत्र १८ गतेबाट सुरु हुने प्रथम रमपम झापा गोल्डकपको पुरस्कार राशि ६ लाख रुपैयाँ यस अघि नै तय
भइसकेको छ ।

काङ्ग्रेस झापाका सभापति उद्धव थापाले सरसफाई
कार्यक्रमको उद्घाटन गरेका थिए । सरसफाई कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र
वस्तीको नेतृत्वमा सम्पूर्ण कर्मचारी, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, बिर्ता सामुदायिक
प्रहरी सेवा केन्द्र, नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठन, मारवाडी युवा मञ्च बिर्तामोड, वाणिज्य संघ
बिर्तामोड, मित्रनगर टोल सुधार समिति, त्रिवेणी टोल सुधार समिति, पाथीभरा टोल सुधार समितिलगायत
संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा सहभागिले
हातमा झाडु लिएर करिव डेढ घण्टासम्म नगरको सरसफाई गरेका थिए । झापा जिल्ला फुटबल संघका अनुसार चैत २७
गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका तीनवटा विभागीय र अन्तर्राष्ट्रिय चारसहित १० टीमको
सहभागिता रहनेछ ।

मनाङ मस्र्याङदी, थ्री स्टार, त्रिभुवन आर्मी,
नेपाल पुलिस र सशस्त्र प्रहरी (एपीएफ) लगायतले सहभागिता जनाउँदै छन् । त्यस्तै, भारत, बङ्गलादेश, भुटान
र श्रीलङ्काबाट पनि टोलीको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ