२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

३२ श्रावण २०७८, सोमबार १६:००

साउन ३२, काठमाडौँ (रासस) । गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । 


गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन दिनुभएको हो ।

मन्त्री खाँणले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने कार्ययोजना बनाउँदा उपयुक्त हुने धारणा व्यक्त गर्दै भन्नुभयो, “नेपाल फर्काएपछि उनीहरुलाई कोभिड– १९ महामारीको सन्दर्भमा पिसीआर परीक्षण, होल्डिङ सेन्टर, क्वारेन्टिनलगायत व्यवस्था गरी उनीहरुलाई घरसम्म पु¥याउने गरी कार्ययोजना बनाउनुपर्छ ।’’

मन्त्री खाँणले मन्त्रिपरिषद्को बैठकले आजै अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने सन्दर्भमा आवश्यक निर्णय गरेको जानकारी दिँदै सबै निकायबीच समन्वय र सूचना आदानप्रदान गर्न पनि निर्देशन दिनुभयो ।

बैठकमा परराष्ट्र सचिव भरतराज पौडेल नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, नेपाली सेनाका उपरथी सरोजप्रताप राणालगायत विभिन्न मन्त्रालयका अधिकारीले अफगानिस्तानमा रहेका नेपालीको अवस्था र उद्धारका सन्दर्भमा आवश्यक कामका विषयमा गृहमन्त्रीसमक्ष ब्रिफिङ गर्नुभएको  थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य