२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानले पाँच क्षेत्रमा कोभिड–१९ को फैलावट रोक्न लगाएको सङ्कटकाल जारी राख्ने

२०७८, ३२ श्रावण सोमबार १६:०५

साउन ३१, टोकियो,जापान (रासस/एएनआई) । जापानी सरकारले टोकियो सहरसहितका पाँच प्रशासनिक केन्द्र (प्रिफेक्चर) मा कोभिड–१९ नियन्त्रणका लागि जारी सङ्कटकाललाई लम्ब्याउन निर्णय गरेको जापानको राष्ट्रिय पत्रिका असाहीले जापानी अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ । जापानले मङ्गलबारदेखि थप तीन प्रिफेक्चरमा महामारी नियन्त्रणका लागि भन्दै सङकटकाल घोषणा गरेको हो । 

यद्यपि यस निर्णयलाई मंगलबार विज्ञपरिषद्सँगको परामर्शपछि सरकारी कोरोनाभाइरस प्रतिरोधका लागि गठित निकायको बैठकमार्फत् औपचारिकता दिइने बताइएको छ । 

कोभिड–१९ सङ्क्रमणका घटनामा हालै देखिएको वृद्धि रोक्नको लागि सरकारले मङ्गलबारदेखि टोकियो, ओकिनावा, साइतामा, चिबा, कानागावा, ओसाकाका प्रिफेक्चरमा सेप्टेम्बर १५ सम्मका लागि सङ्कटकाल अवधि लम्ब्याउने बताएको असाहीले आफ्नो समाचारमा उल्लेख गरेको छ । 

यसअघिको निर्णय अनुसार यी क्षेत्रमा अगस्ट ३१ रातिदेखि स्वास्थ्यजन्य सङ्कटकालिन अवस्था समाप्त हुने बताइएको थियो । जापानमा पहिलेभन्दा थप तीन प्रिफेक्चरहरू, क्योटो, ह्योगो र फुकुओकामा आपतकालीन अवस्था घोषणा गरिएको छ । यी क्षेत्रमा हाल हल्का प्रतिबन्धहरू मात्र लागू भएका थिए । 

टोकियोमा दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै पाँच हजारको हाराहारीमा पुगेपछि सरकारले टोकियोसहितका प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्यजन्य सङ्कटकालिन अवस्थाको घोषणा गर्न लागेको हो । 

गत हप्ता देशभर कोभिड–१९ बाट सङ्क्रमण हुनेको सङ्ख्या पहिलो पटक २० हजारभन्दा बढी पुगेको थियो ।  विशेषज्ञहरूले सङ्क्रमण वृद्धिको अवस्था एकदमै चिन्ताजनक अवस्थातर्फ गएको सुझाब सरकारलाई दिएको बताइएको छ ।

ओकिनावामा गम्भीर लक्षणहरू भएकाहरूको लागि अस्पतालको व्यवस्था गरिएका निःशुल्क शैयाको अभाव देखिएको छ भने सोमबार पहिलो पटक गम्भीर अवस्थामा भएका बिरामीहरूको संख्या एक हजार ६०० भन्दा बढी पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ