२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाका राजाद्वारा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

२ भाद्र २०७८, बुधबार १५:५३

 भदौ २, क्वालालमपुर, (रासस/सिन्ह्वा) । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले देशका राजनीतिक दलहरुलाई मिलेर काम गर्न आह्वान गर्नुभएको छ । 

दलहरुका बीचमा विवाद र बेमेल हुदाँ देशमा राजनीतिक अस्थिरता मौलाएकाले दलहरुलाई मिल्न र सहकार्य गर्न उहाँले आग्रह गर्नुभएको हो ।  

उहाँले स्थायी सरकारको सुनिश्चितता हुनेगरी संयुक्तरुपमा नयाँ प्रधानमन्त्रीको उम्मेदवार पेस गर्न पनि दलहरुलाई आह्वान गर्नुभएको छ । 

राजदरबारद्वारा बुधबार जारी वक्तव्यमा राजाले मङ्गलबार प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुसँग छलफल गर्नुभएको उल्लेख गरिएको छ । 

छलफलका क्रममा राजाले विश्वासको मत प्राप्त गर्न सक्नेगरी प्रधानमन्त्रीको उम्मेदवार तयार पार्न पनि आग्रह गर्नुभएको छ । 

तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनले गत सोमबार पदबाट राजीनामा दिएपछि राजाले नयाँ प्रधानमन्त्रीको दाबी पेस गर्न दलहरुलाई आह्वान गर्नुभएको हो । 

यासिनले मलेसियाको तल्लो सदनबाट बहुमत गुमाएपछि दिएको राजीनामा राजाले तत्कालै स्वीकृत गरिसक्नु भएको छ ।

राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि यासिनलाई नै कामचलाउन प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव