२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बक्सिङ प्रतियोगिता खेल्न नेपाली टोली दुबईतर्फ

२ भाद्र २०७८, बुधबार १५:५६

भदौ २, काठमाडौँ (रासस) । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज युनाइटेड अरब इमिरेटस् (युएई) प्रस्थान गरेको छ । उक्त टोलीमा ६ खेलाडीसहित १२ जना रहनुभएको छ । 

प्रतियोगितामा पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गर्ने टोलीमा रहनुभएका ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिनुभयो । यस्तै महिला ५७ किलोमा नारिका राईले प्रतिस्पर्धा गर्नु हुनेछ । 

यस्तै पुरुष जुनियरतर्फ ५४ किलोमा छिरिङ वाङदी शेर्पा तथा महिला ५० किलोमा स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्नुहुने प्रशिक्षक भट्टले बताउनुभयो ।

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दिप श्रेष्ठ र दुर्गा गहतराज सहभागी हुनुहुन्छ । 

टोलीको व्यवस्थापकको रूपमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहनुभएको छ । उक्त प्रतियोगिता असोज १५ गतेसम्म चल्नेछ । नेपाली टोलीलाई नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले आज बिदाइ गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव