२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा रहेका नेपालीमध्ये स्वदेश फिर्तीका लागि ३०० जनाले भरे विवरण

२०७८, ३ भाद्र बिहीबार १६:०९

भदौ  ३, काठमाडौँ (रासस) । अफगानिस्तानमा रहेका नेपालीमध्ये हालसम्म कूल ३०० जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझसम्म उक्त सङ्ख्याका नेपालीले आफ्नो विवरण टिपाएका हुन् । 

यसैगरी परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा रहेको ‘सिच्युसन रुम’ मा तोकिएका मोबाइल नम्बर तथा इमेल ठेगानामा आज साँझ ५ बजेसम्म ४२ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । 

त्यसमा कतिपयको नाम र राहदानी नम्बर दोहोरिएको छ भने कतिपयको एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको छ । कतिपयको उद्धार भई सुरक्षित गन्तव्यमा पुगिसकेकाले रुजु गरी बाँकीको उद्धारका लागि काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रसँग सहकार्य र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आज जजिरा एयरको कुबेत काठमाडौँ उडानबाट थप आठ जनासमेत गरी २९६ जना नेपाली अफगानिस्तानबाट उद्धार भई काठमाडौँ आइपुगेका छन् ।

नेपाल आइपुगेका नागरिकको अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरुलाई सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा