२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा ५ महिला केन्द्राध्यक्ष, कहाँ कहाँ को को ? (हेनुस्)

२०७२, १८ चैत्र बिहीबार ११:३६

चैत १८, झापा
विहीबारदेखि सुरु भएको एसएलसी परीक्षाका लागि झापाका पाँचवटा परीक्षा केन्द्रमा महिला
केन्द्राध्यक्ष खटाइएका छन् ।

जिल्ला शिक्षा कार्यालय झापाका अनुसार कनकाई उच्च माविको केन्द्राध्यक्षमा आशा शर्मा, पृथ्वी
निमावि दमकमा नैनाकला थेबे, जनजागृति उच्च मावि गोलधापमा इन्दिरा चुँडाल, भृकुटी उमावि घैलाडुब्बामा
अञ्जना सिटौला र देवी उच्च मावि विर्तामोडमा अम्बिका श्रेष्ठ रहेका छन् ।

गत वर्ष झापामा दुईवटा परीक्षा केन्द्रमा मात्र महिला
केन्द्राध्यक्ष थिए । झापामा १६ हजार ९७९ परीक्षार्थीले ५२ वटा परीक्षा केन्द्रबाट परीक्षा दिइरहेको
कार्यालयका परीक्षा शाखाका सहायक जिशिअ गणेश अधिकारीले जानकारी दिए।

गत वर्ष ५१ वटामात्र परीक्षा केन्द्र रहेको झापामा यस
वर्ष स्कुलचौन उमावि महारानीझोडलाई नयाँ केन्द्र थपेसँगै ५२ वटा भएका हुन् ।

यस वर्ष केन्द्राध्यक्ष तोक्ने विषयमा कुनै पनि
राजनीतिक दल वा शिक्षक सङ्गठनको दबाब नआएको जिशिअ डिल्लीराम लुइँटेलले बताए।

देशभर परीक्षा
शान्तिपूर्णः

विहीबारदेखि देशभर एकै साथ सुरु भएको यस वर्षको प्रवेशिका परीक्षा देशभर शान्तिपूर्ण रुपमा
सम्पन्न भएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षा देशभर
शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिएका हुन् ।

देशभर एक हजार ४४३ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि १०ः३० बजेसम्म
सञ्चालन भएको परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए ।

भोलि शुक्रबार १९ गते नेपाली विषयको परीक्षा
सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी