२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा ५ महिला केन्द्राध्यक्ष, कहाँ कहाँ को को ? (हेनुस्)

१८ चैत्र २०७२, बिहीबार ११:३६

चैत १८, झापा
विहीबारदेखि सुरु भएको एसएलसी परीक्षाका लागि झापाका पाँचवटा परीक्षा केन्द्रमा महिला
केन्द्राध्यक्ष खटाइएका छन् ।

जिल्ला शिक्षा कार्यालय झापाका अनुसार कनकाई उच्च माविको केन्द्राध्यक्षमा आशा शर्मा, पृथ्वी
निमावि दमकमा नैनाकला थेबे, जनजागृति उच्च मावि गोलधापमा इन्दिरा चुँडाल, भृकुटी उमावि घैलाडुब्बामा
अञ्जना सिटौला र देवी उच्च मावि विर्तामोडमा अम्बिका श्रेष्ठ रहेका छन् ।

गत वर्ष झापामा दुईवटा परीक्षा केन्द्रमा मात्र महिला
केन्द्राध्यक्ष थिए । झापामा १६ हजार ९७९ परीक्षार्थीले ५२ वटा परीक्षा केन्द्रबाट परीक्षा दिइरहेको
कार्यालयका परीक्षा शाखाका सहायक जिशिअ गणेश अधिकारीले जानकारी दिए।

गत वर्ष ५१ वटामात्र परीक्षा केन्द्र रहेको झापामा यस
वर्ष स्कुलचौन उमावि महारानीझोडलाई नयाँ केन्द्र थपेसँगै ५२ वटा भएका हुन् ।

यस वर्ष केन्द्राध्यक्ष तोक्ने विषयमा कुनै पनि
राजनीतिक दल वा शिक्षक सङ्गठनको दबाब नआएको जिशिअ डिल्लीराम लुइँटेलले बताए।

देशभर परीक्षा
शान्तिपूर्णः

विहीबारदेखि देशभर एकै साथ सुरु भएको यस वर्षको प्रवेशिका परीक्षा देशभर शान्तिपूर्ण रुपमा
सम्पन्न भएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षा देशभर
शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिएका हुन् ।

देशभर एक हजार ४४३ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि १०ः३० बजेसम्म
सञ्चालन भएको परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए ।

भोलि शुक्रबार १९ गते नेपाली विषयको परीक्षा
सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ