गौरव पोखरेल | साउन ३२, झापा । स्क्रब टाइफस रोगको सङ्क्रमण पूर्वी जिल्लाहरुमा देखा पर्न थालेको छ । यसको संक्रमणबाट पूर्वको सङ्खुवासभा र भोजपुरमा दुई जनाको त मृत्यु भइस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गौरव पोखरेल | साउन ३२, झापा । स्क्रब टाइफस रोगको सङ्क्रमण पूर्वी जिल्लाहरुमा देखा पर्न थालेको छ । यसको संक्रमणबाट पूर्वको सङ्खुवासभा र भोजपुरमा दुई जनाको त मृत्यु भइस"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पूर्वी जिल्लाहरुमा स्क्रप टाइफसको जोखिम उच्च, सचेत रहन चिकित्सकहरुको आग्रह

३२ श्रावण २०७३, मंगलवार ०२:०४

गौरव पोखरेल | साउन ३२, झापा । स्क्रब टाइफस रोगको सङ्क्रमण पूर्वी जिल्लाहरुमा देखा पर्न थालेको छ । यसको संक्रमणबाट पूर्वको सङ्खुवासभा र भोजपुरमा दुई जनाको त मृत्यु भइसकेको छ ।
चिकित्सकहरुले झापामा पनि यो रोगको सङ्क्रमण उत्तिकै जोखिममा रहेको बताएका छन् । तर, हालसम्म स्क्रब टाइफसबाट सङ्क्रमित विरामी जिल्लाका कुनै स्वास्थ्य कार्यालयमा देखिएका छैनन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका डाक्टर दुर्योधन यादव भन्छन्, ‘झापा पनि यो रोग सङ्क्रमणको उच्च जोखिममा छ ।’

स्क्रब टाइफसको प्रकोपबाट बच्न सबैलाई सचेत रहन उनले आग्रह गरे । ‘यो रोग रिकेटसिया नामक सूक्ष्म ब्याक्टेरियाबाट सर्छ’, उनले भने, ‘मुसा, छुचुन्ऽो लगायतका जीवहरुमा पनि यो ब्याक्टेरिया भेटिन्छ ।’

विशेषतः गर्मी मौसममा देखा पर्ने यो रोगबाट बच्न सर्वसाधारणलाई सुझाव दिँदै उनले भने, ‘घर वरिपरी सफा राख्नु पर्छ । साथै, मुसा, किर्नालाई नियन्त्रण गरी शरीर पूरै ढाकिने खालको कपडा लगाउनु पर्छ ।’ उनले यो रोगको बारेमा पूर्व जानकारी राख्न समेत सर्वसाधारणलाई आग्रह गरे ।

लगातार ज्वरो आइरहने, टाउको दुख्ने, पसिना छुट्ने, आँखाको डिल दुख्ने, थकानको महसुस हुने, खोकी लाग्ने जस्ता यो रोगका लक्ष्यण हुन् । साथै, यो रोगको संक्रमण भएको ५ देखि ७ दिनमा घाँटीमा रातो विमिरा देखिन्छ । पछि त्यो विमिरा क्रमशः शरीरको अन्य भागहरुमा फैलिँदै जाने चिकित्सकहरुको भनाइ छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको तथ्याङ्क अनुसार अघिल्लो वर्ष नेपालमा यो रोगका कारण ८ जनाको मृत्यु भएको थियो । त्यस्तै, ८४ जना सङ्क्रमित भएका थिए । यो वर्ष पनि यो रोगको संक्रमण फैलिन शुरु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले यदी कसैलाई यो रोगको लक्षण देखा परे तुरुन्त नजिकैको अस्पतालमा गइ चिकित्सकको सुझाव लिन आग्रह गरेको छ । रगतमा एन्टिजेनको जाँच गरेपछि यो रोगको सङ्क्रमण देखा परेको हो कि होइन थाहा हुने चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार यो रोग लागेको पुष्टि भएमा नियमित औषधि सेवन गर्दा निको हुन्छ । डाक्टरहरु भन्छन्, ‘यो रोग लागेपछि पूरा डोजको एन्टिबायोटिक प्रयोग गर्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने