२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुर महानगरपालिकाले गर्‍यो जेष्ठ नागरिकहरुलाई सम्मान

१५ आश्विन २०७८, शुक्रबार ११:१५

असोज १५ , काठमाडौँ । भरतपुर महानगरपालिकाले ३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। उद्योग वाणिज्य संघ नारायणगढमा एक कार्यक्रमकाबीच जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो।महानगरपालिका अन्तर्गतका २९ वटै वडाका पाँच-पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो। यस्तै एक सय वर्ष नाघेका १३ जना जेष्ठ नागरिकलाई सम्मानपत्रसहित सम्मान गरिएको छ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले जेष्ठ नागरिकको अधिकार प्राप्तीका लागि आवश्यक सहयोग र पहल गरिरहेको बताइन्। महानगरले जेष्ठ नागरिकहरुका लागि सबै वडामा डे केयर सेन्टर निर्माणको योजना अघि सारेको समेत मेयर दाहालले बताइन्। जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि यसरी नै निरन्तरता दिने उनले बताइन्। जेष्ठ नागरिकहरुलाई दिन बिताउनै समस्या भइरहेकोले महानगरले डे केयर सेन्टर निर्माणको योजना बनाएको उनको भनाई थियो। उनका अनुसार अहिले बिभिन्न वडामा जेष्ठ नागरिक भवन निर्माणको काम पनि तिव्र गतिमा अघि बढीरहेको छ।

“अहिलेको व्यस्त समयमा जेष्ठ नागरिकहरुको दैनिकी कष्टकर भइरहेको छ। उहाँहरु एक्लोपन महसुस गरिरहनु भएको छ, उनले भनिन्, महानगरले यो बिषयलाई गम्भीरताका साथ लिएको छ । यसैलाई ध्यान राख्दै हामीले सबै वडामा जेष्ठ नागरिक डे केयर सेन्टर निर्माणको योजना ल्याएका छौं।

”डे केयर सेन्टरमा भजन कृतनसहित दिवाकालिन सेवा दिईने मेयर दाहालले बताइन्।यस्तै महानगरले जेष्ठ नागरिकहरुको अनुभव पुस्तान्तरण कार्यक्रमहरु पनि गरिरहेको उनले बताइन्। चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जेष्ठ नागरिक तिरस्कृत हुने अवस्था आए खबर गर्न आग्रह गरेका छन्। परिवार तथा समाजबाट अपमान अथवा हेरचाह नभए प्रशासनले आवश्यक सहयोग गर्ने उनको भनाई थियो।

“परिवार अथवा समाजबाट अपमानित, तिरस्कृत वा हेरचाह नहुने अवस्था आयो भने हामीलाई खबर गर्नुहोस्। हामी आवश्यक सहयोग गर्नका लागि तयार छौं, उनले भने, सम्झाई बुझाई गरेर हुन्छ वा कसरी हुन्छ, हामी सहयोग गर्छौं।”

जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदार तिमल्सिनाले महानगरले जेष्ठ नागरिकहरुलाई गरेको सम्मान प्रशंसनीय भएको बताए। उनले जेष्ठ नागरिकहरुले राज्यबाट पाउनुपर्ने सबै सुविधा कार्यान्वयनका गर्न माग गरे। यस्तै उनले यथाशिघ्र सबै वडामा जेष्ठ नागरिक केन्द्र स्थापना गर्न पनि माग गरे।


कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीलगायतले दोसल्ला, पौष्टिक आहार र एकरएक हजार रुपैयाँ यातायात खर्चसहित जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए। स्थानीय सरकार आएपछि कार्यक्रम नै गरेर महानगरले पहिलो पटक जेष्ठ नागरिकलाई सम्मान गरेको हो।- लोकपाटीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की