६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमले गर्‍यो २ कर्मचारीलाई बर्खास्त

१६ आश्विन २०७८, शनिबार ०६:५६

असोज १६ , काठमाडौँ । नेपाल टेलिकमले आफ्ना दुई जना कर्मचारीलाई बर्खास्त गरेको छ। कम्पनीले कर्मचारी विनियमावली उलङ्घन गरेको भन्दै भविष्यमा समेत टेलिकमको सेवाका लागि अयोग्य नहुनेगरी सेवाबाट निष्कासन गरेको हो।

कम्पनीका अनुसार २०५५ सालमा कम्पनीमा कार्यरत अमिता ओझा लामो समयदेखि कार्यालयमा अनुपस्थित रहँदै आएकी थिइन्। त्यस्तै अर्का कर्मचारी सृजना ज्ञवालीको नामबाट राजीनामा पेश भएकोमा हस्ताक्षर सनाखत नभएको उल्लेख गरिएको छ।

कम्पनीले गत वैशाखमा दुवै कर्मचारीको नाममा सूचना प्रकाशित गर्दा समेत सम्पर्कमा नआएको बताइएको छ।‘कम्पनीको कर्मचारी विनियमावली २०७८ को विनियम १२६ (छ) उल्लङ्घन गरेको अभियोगमा सोही विनियमावलीको विनियम १२३ (ख) को ९१० बमोजिम भविष्यमा कम्पनीको सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो।’

कम्पनीका अनुसार अमिता ओझालाई २०७५ चैत २८ देखि र सृजना ज्ञवालीलाई २०७७ साउन ५ देखि लागू हुनेगरि सेवाबाट निष्कासन गरिएको हो। दुवै निष्कासित कर्मचारीलाई यथाशीघ्र सम्पर्क गरी बरबुझारथ गर्न समेत टेलिकमले सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या