२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीता भण्डारी मृत्यु प्रकरणः श्रीमानको नाममा सुसाइड नोट, ‘मलाई यो जिन्दगीबाट पुग्यो’

२०७८, १६ आश्विन शनिबार ०७:४६

असोज १६ , काठमाडौँ , न्युज कारखाना ।   रुपन्देही तिलोत्तमा नगरपालिका–५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले दावी गरेको छ । जिल्ला प्रहरी कार्यालयले उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिँदै आत्महत्या गरेको दावी गरेको हो ।

सीता २० भदौको विहान साढे ४ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको हत्या भएको भन्दै माइती पक्ष, आफन्त तथा स्थानीयले आन्दोलन गर्दै आएका छन् ।

सीताको मृत्यु प्रकरणलाई लिएर आन्दोलन सुरू भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे संयुक्त रुपमा अनुसन्धान थालेका थिए । अनुसन्धानअनुसार पौडेलको मृत्यु कर्तव्यबाट नभई झुण्डिएर भएको देखिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

अनुसन्धानका क्रममा मृतक सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको थियो । डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमानको नाममा आइफोनको नोट एप्लिकेसनमा 'सुसाइड नोट' लेखेको भेटिएको थापाले बताए ।

अनुसन्धानअनुसार आत्महत्या गर्नुअघि सीताले श्रीमानलाई रातको साढे १२ बजेतिर सुसाइड नोट लेखेको पाइएको छ । फरेन्सिक रिपोर्टमा सीताले नेपालीमा लेखेको सुसाइड नोट प्राप्त भएको थापाले बताए ।

‘सुसाइड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँच्न सकिनँ भनी लेखिएको छ,' थापाले भने ।  

मोबाइलको फरेन्सिक परीक्षण हुँदा सुसाइड नोट र त्यसअघि सीताले श्रीमानलाई लेखेको एसएमएसहरूको परीक्षण गरिएको थापाले बताए । 'यसरी परीक्षण गर्दा उनले आत्महत्याअघि लेखेको सुसाइड नोट र त्यसअघि श्रीमानलाई लेखेको एसएमएसको प्यार्टनसमेत मिलेको देखिन्छ,' उनले भने ।

अनुसन्धानको क्रममा मृतक तथा निजको श्रीमान टिका पौडेलको टाइमलाइन विश्लेषण गरिएको, घटनास्थल नजिक प्राप्त सीसीटीभी फुटेजको विश्लेषण गरिएको उल्लेख छ । त्यसैगरी मृतक सीता भण्डारी पौडेलको मोबाइलको सेवा प्रदायक निकायसँग एसएमएस माग गरी निजको श्रीमान टिका पौडेलसँग भएको एसएमएस विवरण विश्लेषण गरिएको उल्लेख छ ।

२२ भदौमा सीताका बुवा हरिप्रसाद भण्डारीले श्रीमान् टिका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र उनकी आमाजु विष्णु पौडेलविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए ।

जाहेरी आएपछि प्रहरीले श्रीमान् टिका, जेठाजु हरिप्रसाद र आमाजु विष्णुलाई पक्राउ गरिसकेको छ । उनीहरूविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा