६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत प्राधिकरणको कामप्रति दुरसञ्चार प्राधिकरणको आपत्ति

१७ आश्विन २०७८, आईतवार ०४:४१

असोज १७ , काठमाडौँ , न्युज कारखाना।  पोलभाडा तिर्न नमानेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवलका तारहरू काट्न थालेपछि नेपाल दुरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ ।

सञ्चार क्षेत्रको नियामक निकाय दुरसञ्चार प्राधिकरणले एक विज्ञप्ति जारी गरी राज्यको अति आवश्यक सेवा अवरुद्ध गर्ने जोकोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको रक्षा गर्नसम्वन्धित निकायसँग अग्रह समेत गरेको छ । विद्युत प्राधिकरणले देशभर रहेका आफ्ना वितरण कार्यालयहरुमार्फत इन्टरनेट तथा केवलको लाइन काट्न सुरु गरेको छ ।

‘सेवा प्रदायक र प्राधिकरणबीच पोल भाडादर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरणबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अनायास तार काटेर राज्यको अति आवश्यक सेवा अवरुद्ध पार्नु दुखद् हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘दुरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ ।’

व्यवसायीहरुले प्राधिकरणको उक्त कार्यको विरोध गर्दै गरेका छन् । एकतर्फीरुपमा जथाभावि पोलभाडा बढाएर उपभोक्तामाथि भार थोपर्न खोजिएको भन्दै व्यवसायीहरूले त्यसको विरोध गरेका छन् ।

हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने भन्दै प्राधिकरणले सबै पक्ष बसेर आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने गराउने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ । विद्युत प्राधिकरणले केवल लाइन काटेपछि देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवल सेवा अवरुद्ध बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस