६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारी युनियन अध्यक्षमा खतिवडा, चुनाव नगराएको भन्दै रायमाझी असन्तुष्ट

१७ आश्विन २०७८, आईतवार ०६:३४

असोज  १७, काठमाडौँ , न्युज कारखाना । नेपाल निजामती कर्मचारी युनियन’ उदयपुरको अध्यक्षमा भगवती खतिवडा चयन भएकी छिन् । गाईघाटमा शनिबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट खतिवडा सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् । 

अधिवेशनले खतिवडा नेतृत्वमा दुई उपाध्यक्ष, सचिव र सहसचिव तथा ६ जना सदस्य तथा चारजना केन्द्रीय प्रतिनिधि चयन गरेको छ । उपाध्यक्षमा पुष्पराज सापकोटा र सुशील भण्डारी चयन छन् भने सचिवमा उत्तम भट्टराई र सहसचिव रुद्र सापकोटा चयन भएका छन् । 

 त्यसैगरी सदस्यमा खड्ग आलेमगर, दिलबहादुर धौलाकोटी, रणबहादुर खड्का, कुमारसिंह थापा, नेत्र पौडेल र लक्ष्यबहादुर श्रेष्ठ चयन भएको निर्वाचन समिति संयोजक पेशल दाहालले जानकारी दिए । 

अधिवेशनले निवर्तमान अध्यक्ष पहलमान खड्का, तेजबहादुर पोखरेल, बाबुराम फुयाँल र ढकराज कटुवाललाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।

अध्यक्षका अर्का आकांक्षी भुपध्वज रायमाझीले भने चुनावी प्रक्रिया अपनाउन नदिएर निर्वाचन समितिले लोकतान्त्रिक मूल्यमान्यताको अपमान गरेको आरोप लगाए । निर्वाचन समिति र केन्द्रीय प्रतिनिधिले चुनावी प्रक्रिया अपनाउन नदिएर सर्वसम्मत समिति चयनको नाममा लोकतान्त्रिक विधि र प्रक्रियाको धज्जी उडाएको रायमाझीको आरोप छ । 

 निवर्तमान उपाध्यक्ष रहेका रायमाझीले आफू पनि लामो समयदेखि युनियनमा बसेर काम गर्दै आएको, तर अहिले लोकतान्त्रिक प्रक्रियामार्फत अध्यक्षमा प्रतिस्पर्धा गराउन खोज्दा सर्वसम्मत गर्ने नाममा आफूलाई चुनावी प्रतिस्पर्धामा भाग लिनबाटै बञ्चित गरेको गुनासो गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस