६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विश्व हुलाक दिवस : नेपालको हुलाक एकादेशको कथा बन्दै

२३ आश्विन २०७८, शनिबार ०४:५३

असोज २३, काठमाडौं, न्युज कारखाना | आज ९ अक्टोबर । विश्वभर विभिन्न कार्यक्रमसहित विश्व हुलाक दिवस मनाइँदै छ । ९ अक्टोबर  १८७४ का दिन विश्व हुलाक संघको स्थापना भएको दिनलाई हुलाक दिवस मनाउने गरिन्छ ।  

नेपालले  सन् १९७६ अर्थात २६ असोज २०१३ बाट विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो । यस वर्ष ‘इनोभेट टु रिकभर’ नाराका साथ विश्वभर विश्व हुलाक दिवस मनाइँदैछ ।

विश्वमा सन् १६३५ बाट आधुनिक हुलाक सेवा सुरु भएको मानिन्छ । कतिपय देशमा अहिले हुलाकको अस्तित्व  छैन भने कतिपय देशले हुलाक सेवालाई आधुनिक बनाएका छन् । विश्व हुलाक संघको एक तथ्यांकअनुसार विश्वका १९२ देशमा ५० लाख भन्दा बढी हुलाककर्मी छन् । 

नेपालमा हुलाक सेवा र यसको इतिहास

१९३५ सालमा ‘नेपाल हुलाक घर’ को स्थापना भएसँगै नेपालमा हुलाक सेवाको सुरुवात भएको होे । यसपछि १९३७ मा तारिख टाँचाको पहिलो प्रयोग भएको थियो । १९३८ मा नेपाली हुलाक टिकटको पहिलो प्रकाशन भएको थियो ।

१९९३ मा नेपाल र भारतबीच सम्झौता भएपछि नेपाली र भारतीय टिकटको प्रयोगमा भारतमा र नेपालबीच पत्र पठाउने कामको सुरुवात भएको थियो । १ वैशाख २०१६ देखि नेपालले अन्तर्राष्ट्रिय हुलाक सेवा सञ्चालनमा ल्याएको थियो  । 

सञ्चारका अन्य माध्यमको विकास भएसँगै हुलाक सेवा पछिल्लो समय ओझेलमा पर्दै भएको छ । सञ्चारका अन्य माध्यमको विकास तथा पहुँच बढ्दै गएपछि नेपालमा अहिले हुलाक सेवा संकटमा परेको छ ।

सरकारले उपत्यकामा सञ्चालन भइरहेको घुम्ती हुलाक सेवालाई देशभर लैजाने भने पनि अहिलेसम्म त्यसमा कुनै काम भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता