५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छानिए मिस युनिभर्स नेपालका टप १८, पुरस्कार १० लाख पाउने

२४ आश्विन २०७८, आईतवार ०६:१६

असोज २४, काठमाडौँ, न्युज कारखाना |  मिस युनिभर्स नेपाल-२०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना गर्दै आइरहेको मिस युनिभर्स नेपालमा यसपटक एक सय सातजनाले आवेदन दिएका थिए । प्रतियोगितामा नेपालसँगै युएसए, क्यानाडा, जर्मनी, चेक रिपब्लिक, अस्ट्रेलियाबाट समेत सुन्दरीहरू सहभागी भएका छन् । छनाेट भएका टप १८ मा अनुष्का अधिकारी, प्रतीक्षा महरा क्षेत्री, ब्रिस्टी आचार्य, आर्या निशान्त, सदीक्षा खड्का, अनिशा पौडेल, स्मारिका कार्की, स्वीकृति खड्का, मन्दिरा कार्की, निनाकान्त मण्डल, विभूति गौतम, सागरिका मल्ल, सुजिता बस्नेत, समिता न्यौपाने, सगुन गुरुङ, केशु खड्का, रक्षा उप्रेती र प्रतिमा पन्थी छिन् । 

'हामीले अघिल्लो पटक सम्पन्न गरेको संस्करणले प्रतियोगितालाई अझै लोकप्रिय बनाएको छ,' प्रतियोगिताकी कन्ट्री डिरेक्टर नग्मा श्रेष्ठले बताइन\ । मिस युनिभर्स नेपालको टाइटल नेपाल ल्याउने श्रेय उनलाई जान्छ भने उनी नै पहिलो मिस युनिभर्स नेपाल हुन् । 'मैले आफ्नै पहलमा ल्याएको प्याजेन्ट भएकाले पनि यसको हरेक पक्षमा मैले विशेष ध्यान दिने गरेकी छु,' नग्मा भन्छिन्, 'म प्रतियोगी हुँदै कन्ट्री डिरेक्टर भएकाले पनि प्रतियोगितालाई बुझेकी छुँ ।'

उनले छानिएका १८ सुन्दरीलाई आउँदो २० अक्टोबरबाट क्लोज क्याम्पमा राखिने र उनीहरूलाई ३० तारिखमा फाइनलमा प्रतिस्पर्धा गराउने बताइन् । 'फाइनलमा टप १८, १० हुँदै टप पाँचबाट विजेता घोषणा हुनेछन्,' नग्माले भनिन् । विजेताले १० लाख बराबरको पुरस्कार पाउने छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता