२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीको २७ बुँदे सर्कुलर : खराब व्यक्तिको निगरानीदेखि आफ्नै आचरण सुधार्नेसम्म

२०७८, २४ आश्विन आईतवार ११:४३

असोज २४, काठमाडौँ, न्युज कारखाना  | चाडपर्वको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय इलामले मातहतको निकायलाई पर्व लक्षित सुरक्षासम्बन्धी २७ बुँदे सर्कुलर जारी गरेको छ ।चाडपर्वको बेला हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न चाडपर्व लक्षित विशेषसुरक्षा योजना अन्तर्गत २७ बुँदे सर्कुलर जारी गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले बताए । 

प्रहरीको २७ बुँदे सर्कुलरमा खराब आचरण भएका व्यक्तिको निगरानी गर्नेदेखि प्रहरीकै आचरण सुधार्नेसम्मका योजना छन् । पर्वलक्षित सुरक्षा सर्कुलरमा गस्ती बढाउने, आर्थिक कारोबार हुने वित्तीय संस्थामा निगरानी बढाउने, सुरक्षा जोखिम भएका क्षेत्रमा निगरानी बढाउने, ट्राफिक ब्यवस्थापनलाई चुस्त बनाउने, जुवा तास खेल्न र खेलाउन नदिने, जनशक्ति व्यवस्थापनको लागि प्रहरी कर्मचारीलाई विदा बस्नको लागि निरुत्साहित गर्ने, प्रहरी कर्मचारीले आचरण सुधार गर्ने लगायतका उल्लेख छन् । 

चाडबाडको बेला हुने सम्भावित आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नको लागि बजार क्षेत्रमा रहेका सिसिटिभी मर्मत गरिएको छ । ‘बजार क्षेत्रको निगरानीको लागि राखिएको आधाजति सिसिटिभी क्यामेरा बिग्रिएका थिए’, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘अहिले सबै क्यामेरा मर्मत भएको छ । अहिले एक सय २२ वटा क्यामेराबाट बजारको निगरानी हुन्छ ।’ 

प्रहरीले विभिन्न १७ स्थानमा सिसिटिभी क्यामेरा थप्ने प्रहरीको योजना छ । बैंक तथा वित्तीय क्षेत्रमा हुने जोखिम न्यूनीकरणको लागि १३ वटा प्रहरी टोली परिचालन भइरहेको छ । 

प्रहरीले बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र नगरप्रहरीलाई सुरक्षासम्बन्धी अनुशिक्षण गरेको छ । त्यस्तै राजमार्गमा चेकजाँचलाई कडाइ गरेको छ ।

राजमार्गका १० ठाउँमा मापसे जाँच गर्ने गरेको र आठ ठाउँमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त जाँच, सीमा नाकाको सात ठाउँमा नियमित रूपमा चेकजाँचको लागि प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

प्रहरीले चाडबाडको बेला यात्रुहरूलाई पर्ने समस्या समाधानको लागि जिल्लाको तीन ठाउँमा यात्रु साहयता कक्ष स्थापना गरेको छ । इलाम बजार, सूर्योदयको फिक्कल बजार र देउमाईको मंगलबारे बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुबाट बढी भाडा असुल्न नदिन सबै सवारी साधनमा भाडादर अनिवार्य गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा