५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीको २७ बुँदे सर्कुलर : खराब व्यक्तिको निगरानीदेखि आफ्नै आचरण सुधार्नेसम्म

२४ आश्विन २०७८, आईतवार ११:४३

असोज २४, काठमाडौँ, न्युज कारखाना  | चाडपर्वको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय इलामले मातहतको निकायलाई पर्व लक्षित सुरक्षासम्बन्धी २७ बुँदे सर्कुलर जारी गरेको छ ।चाडपर्वको बेला हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न चाडपर्व लक्षित विशेषसुरक्षा योजना अन्तर्गत २७ बुँदे सर्कुलर जारी गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले बताए । 

प्रहरीको २७ बुँदे सर्कुलरमा खराब आचरण भएका व्यक्तिको निगरानी गर्नेदेखि प्रहरीकै आचरण सुधार्नेसम्मका योजना छन् । पर्वलक्षित सुरक्षा सर्कुलरमा गस्ती बढाउने, आर्थिक कारोबार हुने वित्तीय संस्थामा निगरानी बढाउने, सुरक्षा जोखिम भएका क्षेत्रमा निगरानी बढाउने, ट्राफिक ब्यवस्थापनलाई चुस्त बनाउने, जुवा तास खेल्न र खेलाउन नदिने, जनशक्ति व्यवस्थापनको लागि प्रहरी कर्मचारीलाई विदा बस्नको लागि निरुत्साहित गर्ने, प्रहरी कर्मचारीले आचरण सुधार गर्ने लगायतका उल्लेख छन् । 

चाडबाडको बेला हुने सम्भावित आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नको लागि बजार क्षेत्रमा रहेका सिसिटिभी मर्मत गरिएको छ । ‘बजार क्षेत्रको निगरानीको लागि राखिएको आधाजति सिसिटिभी क्यामेरा बिग्रिएका थिए’, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘अहिले सबै क्यामेरा मर्मत भएको छ । अहिले एक सय २२ वटा क्यामेराबाट बजारको निगरानी हुन्छ ।’ 

प्रहरीले विभिन्न १७ स्थानमा सिसिटिभी क्यामेरा थप्ने प्रहरीको योजना छ । बैंक तथा वित्तीय क्षेत्रमा हुने जोखिम न्यूनीकरणको लागि १३ वटा प्रहरी टोली परिचालन भइरहेको छ । 

प्रहरीले बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र नगरप्रहरीलाई सुरक्षासम्बन्धी अनुशिक्षण गरेको छ । त्यस्तै राजमार्गमा चेकजाँचलाई कडाइ गरेको छ ।

राजमार्गका १० ठाउँमा मापसे जाँच गर्ने गरेको र आठ ठाउँमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त जाँच, सीमा नाकाको सात ठाउँमा नियमित रूपमा चेकजाँचको लागि प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

प्रहरीले चाडबाडको बेला यात्रुहरूलाई पर्ने समस्या समाधानको लागि जिल्लाको तीन ठाउँमा यात्रु साहयता कक्ष स्थापना गरेको छ । इलाम बजार, सूर्योदयको फिक्कल बजार र देउमाईको मंगलबारे बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुबाट बढी भाडा असुल्न नदिन सबै सवारी साधनमा भाडादर अनिवार्य गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता