२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्याङ्जामा जीप दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

२०७८, २५ आश्विन सोमबार ०४:३२

असोज २५ , काठमाडौँ | स्याङ्जामा जीप दुर्घटनामा एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै वालिङबाट गल्याङ–१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जीप कच्ची उकालो बाटोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली तथा सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँकै तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । जीपमा सवार १९ जनामध्ये दुई जनाको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारका क्रममा र एक जनाको पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

जिप कच्ची सडकबाट झण्डै ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाको छ । दुर्घटनामा पर्नेहरू दशैँको बेला किनमेल गरी बजारबाट गाउँतर्फ फर्किदै गरेका थिए । प्रहरीका अनुसार चालकसहित अन्य दुई जना सामान्य उपचारपछि घर फर्किएका छन् भने १४ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा