गणेश सिर्पाली/भदौ २, रुकुम । नेपाली नागरिकता वनाउँदा जिल्ला प्रशासनवाटै आमाको नाम छुट्ने गरेको पाईएको छ । 

नागरिकता प्रमाण पत्रमा नाम, जन्मस्थान, स्थायी बासस्थान, जन्ममिति, लिङ्ग, नागरिकता नम्बर, बुवा र आमाको नाम, बंशज, जन्मस्थान, प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/भदौ २, रुकुम । नेपाली नागरिकता वनाउँदा जिल्ला प्रशासनवाटै आमाको नाम छुट्ने गरेको पाईएको छ । 

नागरिकता प्रमाण पत्रमा नाम, जन्मस्थान, स्थायी बासस्थान, जन्ममिति, लिङ्ग, नागरिकता नम्बर, बुवा र आमाको नाम, बंशज, जन्मस्थान, प"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

प्रशासनवाटै छुटाइन्छ आमाको नाम

२ भाद्र २०७३, बिहीबार १२:०२

गणेश सिर्पाली/भदौ २, रुकुम । नेपाली नागरिकता वनाउँदा जिल्ला प्रशासनवाटै आमाको नाम छुट्ने गरेको पाईएको छ । 

नागरिकता प्रमाण पत्रमा नाम, जन्मस्थान, स्थायी बासस्थान, जन्ममिति, लिङ्ग, नागरिकता नम्बर, बुवा र आमाको नाम, बंशज, जन्मस्थान, पत्नीको नाम उल्लेख गर्ने ठाउँ छ । 

तर अधिकांश नागरिकतामा बाबुको मात्र नाम ठेगाना उल्लेख गरेर जन्म दिने आमाको नाम उल्लेख भएको देखिदैन् । 

जिल्ला प्रशासन कार्यालयवाट वितरण हुने नेपाली नागरिकतामा आमा नाम छुट्दा महिला हिंसाको स्वरुप देखिने महिला अधिकारकर्मीहरु बताउँछन् । 

काँक्रिका दुर्गा प्रसाद पुनले जिल्ला प्रशासन कार्यालयवाट नेपाली नागरिकताको प्रतिलिपि बनाउनुभयो तर नागरिकतामा भर्नुपर्ने अरु सवै कुरा भरिए पनि जन्मदिने आमाको नाम छुटेको छ । दुर्गा प्रसाद पुनले भन्नुभयो–“आमाको नाम उल्लेखका लागि ठाउँ समेत छ । तर नागरिकतामा आमाको नाममा खाली छ ।” नागरिकतामा आमाको नाम नहदाँ महिला र पुरुषमा असमानता भएको उहाँले बताउनुभयो । 

महिला अधिकारका कुरा संविधानमा उल्लेख गरिएता पनि जिल्ला प्रशासनले यो एउटा हिंसा गरेको महिला अधिकारकर्मीहरुको आरोप छ । गाउँ विकास समितिका सचिवहरुलाई नागरिकताका लागि भरिने फाराममा आमाको नाम पनि उल्लेख गर्ने भनिएता पनि उनीहरुले खाली पठाउँदा नाम उल्लेख गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले बताउनुभयो । 

बुवा आमा दुवैको नागरिकताको फोटोकपी ल्याएर आउँदा दुवै जनाको नाम, ठेगाना र नागरिकता नम्बर उल्लेख हुने उहाँले वताउनुभयो । नागरिकता जस्तो महत्वपूण प्रमाणमा महिलाको उपस्थिति छुट्दा अधिकारका कुरा भन्दा व्यवहारमा महिला अधिकारकर्मीहरु लाग्न रुकुमका बृद्ध महिलाहरुको सुझाव छ । 

अहिले महिला पुरुष वरावरि भएकाले दुवैको नाम अनिवार्य उल्लेख गर्नु पर्ने महिला अधिकारकर्मी आशा स्वर्णकारले बताउनुभयो । आमाको नाम लेख्न छुटाउनु गम्भिर भुल भएको उहाँको भनाई छ । 

प्रमुख जिल्ला अधिकारी आचार्यले नागरिकता लिन आउँदा आमा बुवा दुवैको नागरिकता ल्याउन सबैलाई अनुरोध गर्नु भएको छ । “नागरिकता बनाउँन आउँदा बावुको मात्र नागरिकता ल्याएर सेवा ग्राहीहरु आउँछन् प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो, “आमाको नागरिकता नल्याउँदा कसरी नाम उल्लेख गर्ने ?” नाम भनेकै आधारमा लेख्दा पछि त्रुटि समेत हुने उहाँको भनाई छ । 

आमा बाबु दुवैको नागरिकता ल्याएर आउँदा दुवै जनाको नाम उल्लेख हुने उहाँले बताउनुभयो । आमाको नामवाट पनि नागरिकता बन्छ भन्ने गाउँमा अझै चेतना नभएको प्रमख जिल्ला अधिकारी आचार्यले भनाई छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प