२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी पीडितका दुःख : लाखौं गुमाएर पाँच हजार राहत

६ कार्तिक २०७८, शनिबार ०६:०५

सीपी लोहिया | कात्तिक ५, बैतडी | ३१ असोजदेखि तीनदिनसम्म भएको अविरल वर्षका कारण देशभर जनधनको ठूलो क्षति भयो । बैतडीमा मात्र चार जनाले ज्यान गुमाए । 

कात्तिक सुरुमा भएको वर्षाले बैतडीका सयौँ घरपरिवारलाई घरबार विहीन बनाएको छ भने, जिल्लाका दर्जनौँ बस्ती जोखिममा छन् । सबैभन्दा बढी क्षति सिगास गाउँपालिकामा भएको छ । 

सिगास–५ मा पाँचवटा घर भत्किनुका साथै एस सय १० परिवारको एक सय ५० बिगाह धानखेत बगरमा परिणत भयो  । पहिरोले सुर्नया गाउँपालिका–८ को रातापानी बस्तीका ६ घरपरिवार विस्थापित भए । पहिरोले घर भत्काएपछि ६ घरपरिवार पूर्ण रुपमा विस्थापित भएको वडा अध्यक्ष आनन्द बोहराले जानकारी दिए । 

१ कात्तिकमा खसेको  पहिरोले स्थानीय धनुवा बोहरा, रामसिंह बोहरा, प्रेम बोहरा, उद्धव बोहरा, चक्र बोहरा र सालिभान बोहराको परिवार पूर्ण रुपले विस्थापित भएको उनले बताए । यस्तै मल्लोढोले टोलमा २० घरपरिवार दलित बस्ती पहिरोको उच्च जोखिममा छन् । बस्तीमाथिबाट खनिएको सडकका कारण पहिरो खसेपछि बस्ती नै पहिरोको जोखिममा परेको हो । ढोल्यामोडदेखि वडा कार्यालय जोड्ने सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक तलतिरको बस्ती जोखिममा परेको छ । 

यस्तै रातापानी बस्तीको २७ घरपरिवार पहिरोको जोखिममा परेका वडा अध्यक्ष बोहराले बताए । कठमडा टोलका १० घरपरिवार पहिरोको जोखिममा परेका बताइएको छ । यस्तै सुर्नया गाउँपालिका–७ को तिन्नाकोइला बस्तीमा तीन घर पहिरोको जोखिममा छन् । घरमाथिबाट खसेको पहिरोले तीन घर आंशिक रुपमा पुरेको स्थानीय गणेश कुँवरले जानकारी दिए ।

मेलौली नगरपालिका– २ सिराडमा पहिरोका कारण एक घरपरिवार विस्थापित भएको छ । स्थानीय जीतबहादुर लुहारको घरमा पहिरो खसेपछि परिवार नै विस्थापित छ । लुहारको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् ।

दशरथचन्द नगरपालिका– २ का विभिन्न ठाउँमा क्षति भएको छ । वडा २ मा तीन घर भत्किनुका साथै विभिन्न ठाउँको बाटोघाटो भत्किएको स्थानीय एमाले नेता सुर्य बोहराले बताए । 

सरगरमा एकघर भत्किएपनि १८ घरहरु पहिरोको उच्च जोखिममा रहेको बोहराले बताए । पहिरोका कारण विद्यालय जाने बाटो र केही सरकारी संरचनामा समेत क्षति पुगेको छ ।

पाटनमा वर्षाले ५ओटा घर पूर्णरुपले भत्किएको छ भने अन्य धेरै घर संरचना तथा सरकारी संरचनामा क्षति पुगेको पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्दले वताए । 

पीडितलाई राहत दिन नसकेकोमा भने उनी चिन्तित छन् । श्रोत नभएकाले विगतका वर्षमा पनी लाखौँको क्षति भएका परिवारलाई पाँच हजार मात्रै दिन सकिएको र यसपालि समेत यो भन्दा वढी दिन नसकिने उनको भनाइ छ । 

दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द स्थानीय सरकारसंग पर्याप्त बजेट नभएको भन्दै पीडितलाई संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउँछिन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरे गुल्मीमा एक मजदुरको मृत्यु अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीलाई काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलायो काठमाडौँ उपत्यकामा हल्का वर्षा दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु