२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

मुस्ताङमा भएको वर्षाबारे विश्वको चासो

१५ कार्तिक २०७८, सोमबार १४:०६

कात्तिक १५, पोखरा | अहिले जलवायु परिवर्तन र त्यसको असरबारे छलफल गर्न स्कटल्यान्डको ग्लास्गो सहरमा राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२६) जारी छ । 

सम्मेलनको सुरुमै नेपालको हिमाली क्षेत्रमा आएको मौसमी उतारचढावबारे चासो दिइएको छ । बेलायती सांसद तथा कोप–१६ सम्मेलन प्रमुख आलोक शर्माले मुस्ताङमा जलवायु परिवर्तनको असर बिस्तारै बढेको बताए । ‘नेपाल गएको बेला म मुस्ताङ सदरमुकाम जोमसोम पुगेको थिएँ । त्यहाँका नागरिकहरूसँग कुरा गरेको थिएँ,’ सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘मैले गरेको कुराकानीमा त्यहाँका नागरिकले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव पारेको अनुभव सुनाएका थिए । मैले त्यो महसुस गरेको थिएँ ।’

कागबेनी नेपालकै सबैभन्दा कम पानी पर्ने क्षेत्र हो । कागबेनी नजिकको जोमसोम स्टेसनमा सन् २०२१ को पहिलो ८ महिनामा ५ सय ६४ मिलिमिटर पानी परेको तथ्यांक छ । अघिल्लो वर्ष सन् २०२० भरीमा यहाँ ४ सय मिलिमिटर मात्रै परेको थियो । एक वर्षकै बीचमा १ सय ६४ मिलिमिटर बढी वर्षा भएको छ । 

गण्डकीको सबैभन्दा उचाइमा रहेको स्टेसन छोसेरमा पनि यो वर्ष पहिले भन्दा बढी वर्षा भयो । अघिल्लो वर्ष ५ सय ६८ दशमलव ९ मिलिमिटर पानी परेकोमा यो वर्ष ६ सय १६ दशमलव ९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विभागअन्तर्गत पोखरा कार्यालयले जनाएको छ । मनाङको हुम्डेमा सन् २०२० मा ५ सय २८ दशमलव ९ मिलिमिटर पानी परेकोमा यो वर्षको ८ महिनामा ६ सय ६८ मिलिमिटर पानी परिसकेको छ ।

मुस्ताङमा खडेरी र बाढीले गर्दा रैथाने नागरिकहरू विस्थापित हुने जोखिममा रहेको विश्व सम्मेलनमा सम्बोधन गर्दै शर्माले सुनाए । उनको उक्त वक्तव्यले विश्वको ध्यान तानेको छ । 

मुस्ताङ र मनाङ लगायत हिमाली क्षेत्रमा आजभोलि अत्यधिक वर्षा हुने गरेको छ । त्यसैले स्थानीयले दैनिकी फेर्न थालेका छन् । माटोको छानामाथी उनीहरूले जस्ताले छोपेका छन् भने कतिपयले कंक्रिटका घर बनाएका छन् । स्थानीयलाई यो सबै जलवायु परिवर्तनका कारण भएको महसुस छ ।

राष्ट्रपति विद्याावी भण्डारीले सोमबार मनाङ पुगेर जलवायु परिवर्तनको असर बढ्दै गएको बताइन् । ‘गत महिनाहरूमा जुन खालको तहसनहस भयो, वास्तवमा यो त पानी कम पर्ने जिल्ला हो । यो जिल्लामा पानी परेन मात्रै, बाढी र पहिरो ल्यायो । कतिपय बस्तुहरू बगाएर लग्यो । अपूरणीय क्षति भएको छ,’ उनले भनिन्, ‘यो अनुसन्धानको विषय हो । विश्व समुदायको ध्यान जानु आवश्यक छ । ठूला शक्ति राष्ट्रको ध्यान जानु आवश्यक छ । हामीबाट पनि कुनै गल्ती गर्नु हुँदैन ।’ 

उनले मनाङको विकासका लागि उच्चस्तरीय भ्रमणको आमन्त्रण गर्नुपर्ने बताइन् । असार १ गते मनाङमा बाढी आएर मस्याङदी किनारका सुन्दर बस्तीहरू बगाएको थियो । स्थानीयहरू अझै त्रिपालमुनि दैनिकी कटाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान