रमेश गिरी/भदौ ३, भक्तपुर । मध्यपुर थिमिको नगदेशमा सात वर्षअघि बन्द भएको महाकाली नाच यो वर्षदेखि प्रदर्शन हुने भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश गिरी/भदौ ३, भक्तपुर । मध्यपुर थिमिको नगदेशमा सात वर्षअघि बन्द भएको महाकाली नाच यो वर्षदेखि प्रदर्शन हुने भएको छ । <"/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

सातवर्षपछि सुरु हुने भो महाकाली नाच

३ भाद्र २०७३, शुक्रबार ०३:१६

रमेश गिरी/भदौ ३, भक्तपुर । मध्यपुर थिमिको नगदेशमा सात वर्षअघि बन्द भएको महाकाली नाच यो वर्षदेखि प्रदर्शन हुने भएको छ । 

आर्थिक अभावका कारण हरेक वर्ष प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि यो नाच बन्द भएको थियो । लोपोन्मुख अवस्थामा पुगेको महाकाली नाच स्थानीय युवाको सक्रियतामा यही भदौ ४ गतेदेखि प्रदर्शनमा ल्याउने भएको हो । यो नाच गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म हरेक दिन बेलुकी नगदेशको विभिन्न स्थानमा प्रदर्शन गरिनेछ । 

मल्लकालीन नाचका रुपमा रहेको महाकाली नाचमा प्रदर्शनीका लागि करिब आठदेखि १० लाख रुपैयाँ खर्च हुने र उक्त रकम कुनै पनि निकायले उपलब्ध गराउन नसकेपछि विगत सात वर्षदेखि बन्द भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताउनुभयो । 

यो वर्ष स्थानीय जनता, विभिन्न सङ्घसंस्थासँग आर्थिक तथा भौतिक सहयोग सङ्कलन गरी नाच प्रदर्शनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । महाकाली नाचमा रातो जामा लगाइएकी महाकाली एक, पहेँलो जामा लगाइएकी महालक्ष्मी एक, रातो जामा लगाएकी कौमारी एक, कालोमा विभिन्न रङ्गको कपडा मुठा जोडेका सिंह एक, रातो कछाड लगाएका बेता चार, कालो कपडा लगाएका भूत भैरव दुई, सेतो घोती वा कछाड लगाएका कवं दुई, नालु गासेको खैरो पुटुलं र सुरुवाल लगाएका ख्याक दुई, खैरो कट्टु र सर्ट लगाएका माकः (बाँदर) दुई, मयूरको भेषमा म्ह्यखा एक र कालो कपडाको जामा लगाइएको महिषासुर दैत्य एक गरी १८ नर्तक रहेका छन् । 

महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल, अग्नि, वायु, भूकम्प, चट्याङ्भय, चोरको भय नहुने जनविश्वास रहेको छ । यो नाचको सुरुवात र समापनमा विशेष पूजाआजा गरिन्छ । नाचका क्रममा आठ कुखुरा र दुईवटा बोकाको बलि चढाउनुपर्ने परम्परा रहेको महाकाली नाचका गुरु भक्तबहादुर घजुले जानकारी दिनुभयो । 

महाकाली नाचका मूल पात्र महाकालीको समेत भूमिका निर्वाह गरी सक्नुभएका मध्यपुर थिमि–५, त्वागाः निवासी ८१ वर्षीय घजुले अरू नाचको तुलनामा महाकाली नाच सिकाउन कठिन रहेको र धेरै खर्च लाग्ने बताउनुभयो । प्रदर्शनका क्रममा चार दिन लगातार सहभागी हुने सम्पूर्णलाई भोज खुवाउनुपर्ने भएकाले खर्च बढी लाग्ने उहाँको भनाइ थियो । 

नाचका नर्तक (कलाकार)ले लगाउने पोसाक, मुखुण्डो र नृत्य गर्ने शैलीले गर्दा यो नाच तन्त्रमा आधारित देखिन्छ । महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक फरक समूह तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देवीको एकल नाच पनि प्रदर्शनी हुनेछ । 

नाचमा एकताल, दुताल, चौताल, परताल, ब्रह्मताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृदङ, मूहाली, ताः, बौ, धा, भूस्या, नायखी, छुस्याय्लगायतका बाजा बजाएर नचाइने कोजूले जानकारी दिनुभयो । 

महाकालीको एकल नाचमा महाकालीको बाहनका रुपमा रहेका चारजना बेता, महालक्ष्मीको एकल नाचमा बाहनका रुपमा रहेका सिंह र चारजना बेता तथा कौमारीको एकल नाचमा म्ह्यखा (मयुर) र चारजना बेता सहभागी भएर नचाइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…