रमेश गिरी/भदौ ३, भक्तपुर । मध्यपुर थिमिको नगदेशमा सात वर्षअघि बन्द भएको महाकाली नाच यो वर्षदेखि प्रदर्शन हुने भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश गिरी/भदौ ३, भक्तपुर । मध्यपुर थिमिको नगदेशमा सात वर्षअघि बन्द भएको महाकाली नाच यो वर्षदेखि प्रदर्शन हुने भएको छ । <"/>
२०८२, २४ चैत्र मंगलवार
काठमाडौँ - KTM

सातवर्षपछि सुरु हुने भो महाकाली नाच

२०७३, ३ भाद्र शुक्रबार ०३:१६

रमेश गिरी/भदौ ३, भक्तपुर । मध्यपुर थिमिको नगदेशमा सात वर्षअघि बन्द भएको महाकाली नाच यो वर्षदेखि प्रदर्शन हुने भएको छ । 

आर्थिक अभावका कारण हरेक वर्ष प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि यो नाच बन्द भएको थियो । लोपोन्मुख अवस्थामा पुगेको महाकाली नाच स्थानीय युवाको सक्रियतामा यही भदौ ४ गतेदेखि प्रदर्शनमा ल्याउने भएको हो । यो नाच गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म हरेक दिन बेलुकी नगदेशको विभिन्न स्थानमा प्रदर्शन गरिनेछ । 

मल्लकालीन नाचका रुपमा रहेको महाकाली नाचमा प्रदर्शनीका लागि करिब आठदेखि १० लाख रुपैयाँ खर्च हुने र उक्त रकम कुनै पनि निकायले उपलब्ध गराउन नसकेपछि विगत सात वर्षदेखि बन्द भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताउनुभयो । 

यो वर्ष स्थानीय जनता, विभिन्न सङ्घसंस्थासँग आर्थिक तथा भौतिक सहयोग सङ्कलन गरी नाच प्रदर्शनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । महाकाली नाचमा रातो जामा लगाइएकी महाकाली एक, पहेँलो जामा लगाइएकी महालक्ष्मी एक, रातो जामा लगाएकी कौमारी एक, कालोमा विभिन्न रङ्गको कपडा मुठा जोडेका सिंह एक, रातो कछाड लगाएका बेता चार, कालो कपडा लगाएका भूत भैरव दुई, सेतो घोती वा कछाड लगाएका कवं दुई, नालु गासेको खैरो पुटुलं र सुरुवाल लगाएका ख्याक दुई, खैरो कट्टु र सर्ट लगाएका माकः (बाँदर) दुई, मयूरको भेषमा म्ह्यखा एक र कालो कपडाको जामा लगाइएको महिषासुर दैत्य एक गरी १८ नर्तक रहेका छन् । 

महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल, अग्नि, वायु, भूकम्प, चट्याङ्भय, चोरको भय नहुने जनविश्वास रहेको छ । यो नाचको सुरुवात र समापनमा विशेष पूजाआजा गरिन्छ । नाचका क्रममा आठ कुखुरा र दुईवटा बोकाको बलि चढाउनुपर्ने परम्परा रहेको महाकाली नाचका गुरु भक्तबहादुर घजुले जानकारी दिनुभयो । 

महाकाली नाचका मूल पात्र महाकालीको समेत भूमिका निर्वाह गरी सक्नुभएका मध्यपुर थिमि–५, त्वागाः निवासी ८१ वर्षीय घजुले अरू नाचको तुलनामा महाकाली नाच सिकाउन कठिन रहेको र धेरै खर्च लाग्ने बताउनुभयो । प्रदर्शनका क्रममा चार दिन लगातार सहभागी हुने सम्पूर्णलाई भोज खुवाउनुपर्ने भएकाले खर्च बढी लाग्ने उहाँको भनाइ थियो । 

नाचका नर्तक (कलाकार)ले लगाउने पोसाक, मुखुण्डो र नृत्य गर्ने शैलीले गर्दा यो नाच तन्त्रमा आधारित देखिन्छ । महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक फरक समूह तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देवीको एकल नाच पनि प्रदर्शनी हुनेछ । 

नाचमा एकताल, दुताल, चौताल, परताल, ब्रह्मताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृदङ, मूहाली, ताः, बौ, धा, भूस्या, नायखी, छुस्याय्लगायतका बाजा बजाएर नचाइने कोजूले जानकारी दिनुभयो । 

महाकालीको एकल नाचमा महाकालीको बाहनका रुपमा रहेका चारजना बेता, महालक्ष्मीको एकल नाचमा बाहनका रुपमा रहेका सिंह र चारजना बेता तथा कौमारीको एकल नाचमा म्ह्यखा (मयुर) र चारजना बेता सहभागी भएर नचाइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस