भदौ ३, चितवन । चितवनमा फैलिएको स्क्रब टाइफर्सको १ सय ४ जनामा सङ्क्रमण भएको पाइएको छ । 

 जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आयोजना गरेको पत्रकार अन्तक्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २ सय २२ जनामा गरिएको पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, चितवन । चितवनमा फैलिएको स्क्रब टाइफर्सको १ सय ४ जनामा सङ्क्रमण भएको पाइएको छ । 

 जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आयोजना गरेको पत्रकार अन्तक्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २ सय २२ जनामा गरिएको पर"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक सय चारजनामा ‘स्क्रब टाइफर्स’ सङ्क्रमण

२०७३, ३ भाद्र शुक्रबार १०:५३

भदौ ३, चितवन । चितवनमा फैलिएको स्क्रब टाइफर्सको १ सय ४ जनामा सङ्क्रमण भएको पाइएको छ । 

 जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आयोजना गरेको पत्रकार अन्तक्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २ सय २२ जनामा गरिएको परीक्षणमा १०४ जनामा सङ्क्रमण भएको जानकारी दिए । उनका अनुसार बालबालिकामा बढी सङ्क्रमण देखिएको छ । 

 जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले यसअघि ६७ जनामा सङ्क्रमण भएको सार्वजनिक गरेको थियो । चितवनमा सोही मेडिकल कलेजमा मात्रै रोगको परीक्षण हुँदै आएको छ । केही दिनअघि किट सकिएकाले उपचारमा समस्या भए पनि अहिले भने किट आइपुगेको डा लम्सालले जानकारी दिए । 

 प्रकोप फैलिंदै गएको भए पनि यहाँको भरतपुर अस्पताल र भरतपुर मेडिकल कलेजमा किट ल्याएर परीक्षण हुनसकेको छैन । 

 जिल्लामा २०७३ साल वैशाखपछि अहिलेसम्म उक्त रोगको अवस्था र सङ्क्रमणको बारेमा आज पहिलोपटक जनस्वास्थ्य कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा उक्त रोगका कारण एकजना महिलाको मृत्यु भएको जानकारी दिए । 

 यसअघि धरानमा उपचार गरिएका सङ्खुवासभा र भोजपुरका गरी दुई बिरामीको ज्यान गइसकेको छ । नेपालका २० जिल्लामा स्क्रब टाइफर्सका बिरामी भेटिएका छन् । अघिल्लो वर्षबाट आधिकारिक रुपमा नेपालमा सरकारले सङ्क्रमण पत्ता लगाएको हो । 

 मुख्यगरी मुसामा लाग्ने एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरी मसिना बिबिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने यसको लक्षण हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित