भदौ ३, धनगढी । नदी कटान नियन्त्रणका लागि समयमै प्रभावकारी काम नहुँदा कैलाली जिल्लाका नदी आसपासका कयौँ बिगाहा जमिन प्रभावित भएकोे छ । 

देशमा सबै भन्दा बढी नदी र खोला भएको कैलालीमा नदी कटानसँगै हुने डुबानको समस्याले आसपासको खेतीयोग्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, धनगढी । नदी कटान नियन्त्रणका लागि समयमै प्रभावकारी काम नहुँदा कैलाली जिल्लाका नदी आसपासका कयौँ बिगाहा जमिन प्रभावित भएकोे छ । 

देशमा सबै भन्दा बढी नदी र खोला भएको कैलालीमा नदी कटानसँगै हुने डुबानको समस्याले आसपासको खेतीयोग्य "/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा नदी कटानको समस्या बढ्दै

२०७३, ३ भाद्र शुक्रबार ११:०२

भदौ ३, धनगढी । नदी कटान नियन्त्रणका लागि समयमै प्रभावकारी काम नहुँदा कैलाली जिल्लाका नदी आसपासका कयौँ बिगाहा जमिन प्रभावित भएकोे छ । 

देशमा सबै भन्दा बढी नदी र खोला भएको कैलालीमा नदी कटानसँगै हुने डुबानको समस्याले आसपासको खेतीयोग्य कैयाँैबिगाहा जग्गा बालुवामय हुँदै आएको हो । 

कार्णाली, काँडा, कन्द्रा, खुटिया, शिवगङ्गा, गौरीगङ्गा, मुढा, खैराना, पथरैया, गोदावरी, लिक्मा, कटेनी नदीका साथै नेपाल भारत सीमा क्षेत्रको मोहना नदीले जमिन कटान गर्दा र डुवानको समस्याले पुराना बस्ती पनि स्थायी रुपमै विस्थापित समेत भएका छन् । 

नदी नियन्त्रणका लागि केही स्थानमा स–साना स्पर निर्माण गरेपनि वर्षायाममा आउने बाढीले सबै स्पर पुरिदिने वा बगाइदिने गरेको हसुलियाका ज्ञानबहादुर चौधरीको गुनासो छ । 

सीमा क्षेत्रको मोहना नदीको कटानले भारतीय क्षेत्रमा भन्दा नेपाल तर्फको जग्गा बढी कटान भएकाले सीमा क्षेत्रका कतिपय स्तम्भ पुरिदिने समस्या बढ्दा पनि रोकथामका लागि प्रभावकारी योजना नल्याइएको उहाँ बताउनुहुन्छ । 

वनजङ्गल र चुरे क्षेत्रमा भइरहेको अतिक्रमणका साथै नदीबाट ढुङ्गा, बालुवा गिटीलगायतका बस्तु जथाभावी रुपमा झिक्दा नदी कटान र डुबानको समस्या पनि बर्सेनि बढ्दै गएको जिल्लाका प्राविधिक बताउँछन् । 

जिल्ला भू–संरक्षण कार्यालय कैलालीले राष्ट्रपति चुरे तराईं– मधेस संरक्षण कार्यक्रम अन्तर्गत मोहना नदी र लिक्मा नदीमा गरेको संरक्षणका काम न्युन बजेटका कारण रुपमा प्रभावकारी हुन नसकेको छैन । 

गत आवमा यी दुई नदी प्रणालीको माथिल्लो तटीय क्षेत्रमा संरक्षणका कार्य गरेकोमा यस आवमा तल्लो तटीय क्षेत्रमा कार्य गर्ने लक्ष्य रहको उक्त कार्यालयका भू–संरक्षण सहायक वृजनारायण चैधरी बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै