५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहुपति प्रथामा आधारित ‘टुल्की’लाई प्रदर्शनको अनुमति

९ मंसिर २०७८, बिहीबार ०५:२८

मंसिर ९, जाजरकोट, न्युज कारखाना | हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ ले प्रदर्शनको अनुमति पाएको छ । देशका हिमाली क्षेत्रहरूमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो ।

सेन्सर बोर्डका पदाधिकारीले हेरेपछि सम्पूर्ण चलचित्रप्रेमी दर्शकहरूले अभिभावका साथ बसेर हेर्न मिल्नेगरी प्रमाणपत्र दिएको निर्माता शेखर लामाले जानकारी दिए । द पाल्म ग्रुपको ब्यानरमा निर्माण गरिएको चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको लामाले बताए ।

त्यतिमात्र नभई एक ब्राह्मण बस्तीमा जन्मेकी ‘टुल्की’ ले प्रेम विवाह गरेर उपल्लो डोल्पा जाँदा संस्कारको नाममा भोग्नु परेको कहालीलाग्दो पीडालाई चलचित्रमा उतारिएको उनको भनाइ छ ।

चलचित्रमा निर्देशन तथा छायांकन देवजंग थापा तथा शेखर लामा र आरपी कर्मचार्यको लगानी छ । कथा लक्ष्मण सुनारले लेखेकाहुन् । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

करिब वर्षको अध्ययनपछि निर्माण गरिएको चलचित्र पहिले विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपालमा गरिने निर्माण पक्षले जनाएको छ । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत चलचित्र प्रदर्शन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता