२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहुपति प्रथामा आधारित ‘टुल्की’लाई प्रदर्शनको अनुमति

२०७८, ९ मंसिर बिहीबार ०५:२८

मंसिर ९, जाजरकोट, न्युज कारखाना | हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ ले प्रदर्शनको अनुमति पाएको छ । देशका हिमाली क्षेत्रहरूमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो ।

सेन्सर बोर्डका पदाधिकारीले हेरेपछि सम्पूर्ण चलचित्रप्रेमी दर्शकहरूले अभिभावका साथ बसेर हेर्न मिल्नेगरी प्रमाणपत्र दिएको निर्माता शेखर लामाले जानकारी दिए । द पाल्म ग्रुपको ब्यानरमा निर्माण गरिएको चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको लामाले बताए ।

त्यतिमात्र नभई एक ब्राह्मण बस्तीमा जन्मेकी ‘टुल्की’ ले प्रेम विवाह गरेर उपल्लो डोल्पा जाँदा संस्कारको नाममा भोग्नु परेको कहालीलाग्दो पीडालाई चलचित्रमा उतारिएको उनको भनाइ छ ।

चलचित्रमा निर्देशन तथा छायांकन देवजंग थापा तथा शेखर लामा र आरपी कर्मचार्यको लगानी छ । कथा लक्ष्मण सुनारले लेखेकाहुन् । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

करिब वर्षको अध्ययनपछि निर्माण गरिएको चलचित्र पहिले विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपालमा गरिने निर्माण पक्षले जनाएको छ । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत चलचित्र प्रदर्शन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन