पुस ५, काठमाडौँ | चीनबाट १२ लाख कोभिड–१९ विरुद्धको खोप लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ । सिचुवान एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा अवतरण हुन नसकेपछि छेन्दु फिर्ता भएको हो ।
खराब मौसमका कारण काठमाडौंको आकाशमा डेढ घण्टा होल्ड भएपछि छेन्दु फिर्ता भएको छ । जहाज काठमाडौं फर्किने कार्यतालिका आउन बाँकी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ ।