२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले रोक्यो स्थानीय तहमा कर्मचारी सरुवा

८ पुष २०७८, बिहीबार ०६:३८

पुस ८, काठमाडौँ | सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा स्थगित गरेको छ। बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को व्यवस्था नभएसम्मको लागि स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको हो।

केही दिनअघि मात्रै मन्त्रालयले दुई सय ३२ जना कर्मचारीको अन्तर सरुवा गरेको थियो। सरकारले अन्तर स्थानीय तहबीचको सरुवामा रोक लगाएपछि अनुकूल ठाउँमा सरुवाको प्रक्रियामा रहेका कर्मचारी प्रभावित भएका छन्।

मन्त्रालयका शाखा अधिकृत रविन्द्रप्रसाद पौड्यालका अनुसार लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीलाई कामकाजमा खटाउने सम्बन्धी कार्य मन्त्रीस्तरीय निर्णयानुसार अर्को व्यवस्था नभएसम्मको लागि अन्तर स्थानीय तहको सरुवा स्थगित गरिएको हो।

निर्वाचन आयोग आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटिरहेको छ। छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी भइरहेकाले मन्त्रालयले कर्मचारीको सरुवा रोकेको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ